साप्ताहिक संवाददाता
- भेटघाट र घुमघाम मात्र प्रेम होइन । यदि साँच्चै प्रेम गरेको हो भने एक-अर्काको काममा साथ दिनुका साथै सुख-दु:ख पनि सेयर गर्नुपर्छ । यसो गर्दा प्रेम अझ बढ्छ । यदि त्यसो गर्न मन लाग्दैन भने तपाइर्ं प्रेम होइन 'टाइमपास' गर्दै हुनुहुन्छ ।
- प्रेम गरेर गरिने कुरा होइन, प्रेम आफैं हुन्छ । अनि जसलाई चाह्यो उसैसँग प्रेम हुन्छ भन्ने पनि छैन । प्रेम हुनका लागि उपयुक्त समय आउनुपर्छ र परिस्थिति पनि मिल्नुपर्छ ।
- मन परेपछि मनले उसमा भएका खराब कुरा पनि राम्रो देख्न थाल्छ । तपाईं साँच्चै उसलाई प्रेम गर्नुहुन्छ र उसमा त्यस्तो केही खराबी देख्नुभएको छ भने त्यसलाई सुधार्न पहल गर्नुपर्छ ।
- कसैलाई प्रेम गर्ने इच्छा गरेर मात्र हुँदैन । उसका सामु प्रस्ताव राख्न पनि सक्नुपर्छ । त्यो हिम्मत र आँट छैन भने प्रेम गर्ने चाहना मनबाटै निकालेर फ्याक्नु उपयुक्त हुन्छ ।