साप्ताहिक संवाददाता
असल बाइट्स
मित्रता राख्न जान्ने : उनले जो जतिसँग मित्रता गरेकी छिन्, मलाई लाग्छ कि कसैको पनि चित्त दुखाएकी छैनन् । मित्रता निर्वाह गर्न खप्पिस छिन् ।
मिठो आवाज : उनको स्वरमा एक प्रकारको मिठास छ । उनको आवाज अरूको भन्दा भिन्न लाग्छ ।
सकारात्मक सोच : जुनसुकै कुरालाई सकारात्मक रूपमा लिने निकै असल स्वभावकी छिन् ।
कुशल नृत्याङ्गना : उनको नृत्यकलाको मैले के प्रशंसा गर्नु ? दुनियाँले नै प्रशंसा गरेपछि ।
असल अभिनेत्री : प्रियंका जति नृत्यमा उत्कृष्ठ छिन्, त्यति नै उनको अभिनय पनि स्वभाविक छ ।
खराब बाइट्स
फेसबुकमा खुलस्त : फेसबुकमा आफ्नो दैनिकीका बारेमा बताउनु र बढीभन्दा बढी तस्बिर अपलोड गर्नु पनि राम्रो हुँदैन कि ?
नाइँ भन्न नसक्ने : उनी कसैको कामका लागि पनि हरदम तयार हुन्छिन्, मनले नखाएको कामलाई नाइँपनि भन्न सक्नुपर्छ ।
सही र गलत नचिन्ने : उनी सही र खराब मित्रको पहिचान गर्न सक्दिनन् जस्तो लाग्छ । सबैलाई राम्रै देख्ने उनको बानीमा केही सुधार ल्याउनुपर्छ । संसारमा सबै मानिस असल हुँदैनन् ।
छनौट गलत : चलचित्र तथा म्युजिक भिडियोमा काम गर्दा चुजी भएको राम्रो कि ?
धपेडी गर्ने : धेरै कामको जिम्मा लिएर स्वास्थ्यको ख्याल नराखी धपेडी गर्ने बानीले उनैलाई हानि पुग्नसक्छ ।