भोलि शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला गीत, संगीत तथा हाँसोले गुञ्जिने भएको छ । एनसेलद्वारा आयोजित वर्षकै बृहत् मनोरञ्जक कार्यक्रम 'एनसेल पर्पलफेस्ट' मा नेपाली तथा भारतीय कलाकारहरूले आ-आफ्नो प्रस्तुत दिनेछन् । दिउँसो ३ बजे प्रारम्भ हुने उक्त कार्यक्रममा भारतीय हास्यव्यंग्यकार कपिल शर्मा तथा गायक सोनु निगम आकर्षणको केन्द्र हुनेछन् । कार्यक्रममा नेपालबाट गायक सुगम पोखरेल, र्यापर यमबुद्धका साथमा लोकप्रिय हास्यकलाकार जितु नेपाल तथा विल्सनविक्रम राईले पनि सहभागिता जनाउँदै छन् ।