गीतकार उषा शेरचनकी भान्जी सीता शेरचन गीतकारका रूपमा स्रोतामाझ आउने भएकी छिन् । बेलायतमा बसोबास गर्ने सीताले आफ्ना रचनाका गीतहरूको डेब्यू एल्बमको शीर्षक 'परदेशी मन' राखेकी छिन् । सीताका रचनामा प्रमोद खरेल, अञ्जु पन्त, रजिना रिमाल तथा अर्जुन सुनामले स्वर प्रदान गरेका छन् । ताराप्रकाश लिम्बू, शिखर सन्तोष, अर्जुन सुनाम तथा सुरेश अधिकारीले ती गीतलाई संगीतबद्ध गरेका हुन् । यो एल्बमलाई थ्रिजी साउन्ड इन्कले बजार व्यवस्थापन गर्नेछ ।