साप्ताहिक संवाददाता
तागत प्रदर्शन
चीनको कुङफुप्रति विश्वका मार्सलआर्ट प्रेमीहरूको बेग्लै आकर्षण छ । कुङफु खेल्ने निन्जाहरू खतरनाक हुन्छन् भन्ने धेरैको मान्यता छ । यही मान्यतालाई साकार पार्न एक कुङफु मास्टरले सबैलाई चकित पार्ने काम गरेका छन् । चीनमा कुङफुको प्रशिक्षण दिँदै आएका माष्टर झो जेन्ह्वाले हालै ८० किलोग्राम तौल आफ्नो लिंगमा बाँधेर त्यसलाई उचाल्दै अगाडि र पछाडि १० मिनेटसम्म हल्लाएका छन् । कुङफुमा जी सु जिङ विद्या हासिल गरेपछि ती कुङफु मास्टरले कठिनभन्दा कठिन काम पनि सम्पन्न गर्न सक्छन् भन्ने मान्यता छ । ४८ वर्षीय मास्टर झोले पनि कुङफुको उक्त विद्या हासिल गरेका कारण यो अभ्यासमा सफलता हात पारेको बताइन्छ । झोले आफ्नो उक्त शारीरिक क्षमता हेनान प्रान्तस्थित आफ्नै कुङफु प्रशिक्षण केन्द्रमा प्रदर्शन गरेका थिए ।
निर्वस्त्र सुरक्षाकर्मी परिचालन
अस्टि्रयाको एक फिटनेश केन्द्रमा साउना बाथ लिने क्रममा अश्लील क्रियाकलाप बढ्न थालेपछि उक्त फिटनेस केन्द्रले निर्वस्त्र सुरक्षाकर्मी परिचालन गर्न थालेको छ । अस्टि्रयाको लिन्जस्थित पार्कब्याड फिटनेस केन्द्रमा व्यायाम गर्न आउने ग्राहकले साउना र स्टिम बाथ उपभोग गर्ने क्रममा निर्वस्त्र बस्दा अश्लील क्रियाकलाप गरेको बताइन्छ । अश्लील गतिविधि बढ्दै गएको विषयमा केही ग्राहकले गुनासो गरेपछि केन्द्रले निर्वस्त्र सुरक्षाकर्मीहरू परिचालित गरेको थियो । निर्वस्त्र सुरक्षाकर्मी परिचालित भएपछि उक्त केन्द्रले साउना बाथ र स्टिम लिने क्रममा दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका दुवै पुरुष भएको र उनीहरूलाई केन्द्रमा आउन प्रतिवन्ध लगाइएको कम्पनीले जनाएको छ ।