साप्ताहिक संवाददाता
हालै घुँडाको शल्यक्रिया गरेका आर्यन वैशाखी र साथी हसन खानको सहारा लिएर एवार्ड थाप्न स्टेजमा उक्लिएका थिए भने नेपालबाहिर रहेका कारण केकी अधिकारी भने अनुपस्थित थिइन् । डी सिने एवार्डमा चलचित्र 'महसुस'बाटै गायिकामा दुर्गा परियारले पनि एवार्ड हात पारेकी छिन् ।
नायक र नायिकामा 'महसुस' सर्वोत्कृष्ट भए पनि छायाँछवि क्रिएसनले आयोजना गरिरहेको डी सिने एवार्डको छैटौं संस्करणमा वितरित एवार्डमा छ एकान छ, प्रोडयुसर तथा नाइँ नभन्नु ल-२ ले सबैभन्दा बढी एवार्ड हत्याए । २२ वटा विधाका एवार्डबाहेक क्रिटिक्स एवार्डतर्फ नायक र नायिकामा चलचित्र 'मौन'बाट क्रमश: अर्पण थापा र नम्रता श्रेष्ठ, छायाँकारमा सञ्जय लामा, प्रोत्साहन एवार्डमा फेसन डिजाइनर नीलिमा शर्मा तथा पब्लिक च्वाइसमा चलचित्र 'मोक्ष'का नायक कोसिस क्षेत्रीले पुरस्कार थापे ।
रंगारंग कार्यक्रमहरूसहित राज श्रेष्ठ, सुष्मा श्रेष्ठ तथा राजा राजेन्द्रले सञ्चालन गरेको उक्त चलचित्र एवार्ड समारोहहरूमा चलचित्र प्रदर्शोन्मुख चलचित्र जिन्दगी रक्स, जन्मभूमि एवं अधकट्टीका कलाकारहरूले नृत्य प्रस्तुत गरे भने दीपकराज गिरी र दीपाश्री निरौलाले हास्य
प्रहसन देखाए ।
डी सिने एवार्डका विजेताहरू
१. ध्वनि मिश्रण : दीप तुलाधर (प्रोडयुसर)
२. पाश्र्व संगीत : एलिस कार्की (६ एकान ६)
३. द्वन्द्व निर्देशन : चन्द्र पन्त (लोफर)
४. नृत्य निर्देशन : शंकर बिसी (बितेका पल)
५. गीत रचना : डा. कृष्णहरि बराल (नाइँ नभन्नु ल-२)
६. गायिका : दुर्गा परियार (महसुस)
७. गायक : प्रेम परियार (नाइँ नभन्नु ल-२)
८. संगीत : वसन्त सापकोटा (नाइँ नभन्नु ल-२)
९. नव-अभिनेत्री : पूजा शर्मा (मधुमास)
१०. नव-अभिनेता : श्याम अर्याल (प्रोड्युसर)
११. नव-निर्देशक : प्रवीण श्रेष्ठ (मोक्ष)
१२. खल पात्र : राजबल्लभ कोइराला (छ एकान छ)
१३. चरित्र अभिनेता : शैलेश आचार्य (छ एकान छ)
१४. सह-अभिनेत्री : प्रियंका कार्की (नाइँ नभन्नु ल-२)
१५. सह-अभिनेता : विल्सनविक्रम राई (प्रोड्युसर)
१६. लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. अभिनेत्री : केकी अधिकारी (महसुस)
२०.अभिनेता : आर्यन सिग्देल (महसुस)
२१.निर्देशक : विकास आचार्य (नाइँ नभन्नु ल-२)
२२.चलचित्र : मोक्ष