साप्ताहिक संवाददाता
राष्ट्रियता झल्काउने पहिरनमा आ-आफ्नो परिचय दिएपछि गति लिएको प्रतियोगितामा सहभागीहरू फेसन डिजाइनर समा बानुले तयार पारेका ढाकाका पहिरनमा पनि प्रस्तुत भएका थिए । वातावरणीयसचेतता झल्काउने पहिरन हुँदै इभिनिङ गाउन सम्मको प्रस्तुतिपछि सहभागीहरूमध्ये उत्कृष्ट ८ ले निर्णायक प्रश्नको सामना गरेका थिए । त्यसपछि विजेताको निक्र्यौल गरिएको थियो ।
प्रतियोगितामा नेपालकी नानी थापाले इन्भारमेन्टल एम्बेसडर, युगान्डाकी फ्लोरेन्स नामवासेले टुरिज्म एम्बेसेडर, बंगलादेशकी सुल्ताना राकाले फोटोजेनिक, जाम्बियाकी डोमिया लिहोन्डोले कन्जिनियालिटी, जिम्बावेकी जिन्हले डुबेले कल्चरल एम्बेसडर र मिस हेरिटेज इन्टरनेसनल अफ्रिका तथा रूसकी टाटियाना शेबोरोनिमाले मिस हेरिटेज इन्टरनेसनल युरोपको उपाधि जितेका थिए ।
सन् २०११ मा अफ्रिकी मुलुक जिम्बावेको सिपिटी मिडियाले स्थापना गरेको यो प्रतियोगितामा यसपटक नेपाललगायत भारत, बंगलादेश, थाइल्यान्ड, म्यानमार, सिंगापुर, सियरालियोन, जिम्बावे, जाम्बिया, उगान्डा, रसिया तथा बेलारुस गरी १२ राष्ट्रका युवतीको सहभागिता थियो ।