मंसिर २६, २०७१
व.
यो उमेरमा योनिबाट पानी आउनु स्वभाविक हो । यसले योनिमार्गलाई चिसो बनाउन भिजाइरहन्छ, तर गन्हाउने पानी जानु, चिलाउनु वा ढाड दुख्ने जस्ता समस्या थपिए मात्र चिन्ता गर्नुपर्ने हुन्छ वा समस्या भएको ठहरिन्छ । यी कुरा तपाईंको प्रश्नमा उल्लेख नभएकाले आत्तिनु पर्दैन । कसैकसैलाई यस्तो पानी बढी आएर अप्ठ्यारो भएको हुन सक्छ । त्यस्तो अवस्थामा पातलो प्याड अर्थात् पेन्टिलाइनर प्रयोग गर्न सकिन्छ ।