साप्ताहिक संवाददाता
- दिप शर्मा
मनपर्ने पक्ष आगो । मन नपर्ने पक्ष चिसो पानी ।
- सोमबहादुर नेपाली
रुघाले च्याप्नु ।
- सुमन केसी
खाना चिसो हुन्छ । खानै मन लाग्दैन ।
- सोनाम सुब्बा
जाडोयाममा चिया धेरै पिउन मन लाग्छ ।
- बिक्रम सुब्बा
लुगा धेरै लगाउनुपर्छ ।
- विकल्प
तोङ्बा तान्न मजा आउँछ । नुहाउन झ्याउ लाग्छ ।
- साजन भण्डारी
दिनहरू छोटा हुन्छन् । मलाई त्यही मन पर्दैन ।
- आशिक दुर्लभ
रुघाले निकै सताउँछ ।
- इशक घले
जाडोमा साथीहरूसँग घुम्न रमाइलो हुन्छ ।
- अर्जुन
जाडोयामको सबैभन्दा मनपर्ने पक्ष भनेको एसी, पंखा, फ्रिज आदि चलाउनुपर्दैन र पसिना पनि आउँदैन । जाडोले गर्दा सबेरै उठ्न गार्हो हुनु चैं यसको नपर्ने पक्ष हो ।
- शरणकुमार लिम्बू
जाडो महिनामा जे खाए पनि पच्छ, हिंड्न र काम गर्न पनि जाँगर आउँछ अनि धेरै जाडो हुँदा सिरक ओढेर सुत्नुको मजा पनि बेग्लै हुन्छ ।
- अनिल थापा
तोङ्बा पिउन एकदम मनपर्छ ।
- सोनाम लिम्बु
घाम ।
- अप्सरा खत्री
घाममा बस्न पाउँदा रमाइलो लाग्छ । धेरै लुगा लगाउनुपर्दा मन पर्दैन ।
- सिरु चाम्लिङ राई
जाडोयामको सबैभन्दा मनपर्ने पक्ष गर्मी हुँदैन, मन नपर्ने पक्ष जाडो हुन्छ ।
- लक्ष्मण
के गर्नु यो जिन्दगीमा आँसु पुछिदिने धेरै आउँछन्, तर नाक पुछिदिने कोही आउँदैनन्, जाडोले खत्तमै पार्छ नि ।
- सूर्यवंशी
लामखुट्टे नहुनु राम्रो पक्ष हो । चिसो धेरै हुनु नराम्रो पक्ष हो ।
- लेखनाथ मंगोल
न्याना पहिरन लगाएर हिंड्न पाइन्छ । मन नपर्ने पक्ष चैं खास छैन ।
- वीरेन्द्र श्रेष्ठ
आइसक्रिम खान पाइँदैन ।
- वीरेन्द्र
सुतिरहन मजा आउँछ ।
- सत्य महतो
घाममा बसेर सुन्तला खान रमाइलो हुन्छ ।
- मौसम खवास
बाक्लो लुगा लगाउनुपर्ने हुनाले मलाई यो मौसम नै मन पर्दैन ।
- बिसुमित्रा श्रेष्ठ
घाममा बसेर उपन्यास पढ्न मन पराउँछु ।
- अस्मिता
मलाई जाडोयाममा घाम ताप्न मन लाग्छ ।
- मंगोल
रम पिउन मन पराउँछु, अरू त के भन्नु र ?
- बिन्दासदिप क्षेत्री
मलाई त तोङ्बा मन पर्छ ।
- कुमार बुढाथोकी
मलाई यो मौसम नै मन पर्छ, तर जाडोमा लगाइने पहिरनको मूल्यचाहिँ मन पर्दैन ।
- दिलु मुखिया
जाडोमा घाम ताप्न, चिया पिउन तथा पुस्तक पढ्न मन पराउँछु, तर रुघाखोकी लागेको, बाक्ला लुगा लगाउनुपरेको मन पर्दैन ।
- बिक्रम बस्नेत