साप्ताहिक संवाददाता
- बीएस धामी, कञ्चनपुर
मानबहादुर खड्काका सम्बन्धमा प्रकाशित लेख पढेर प्रभावित भएँ । (नेपालमै सम्भावना छ, मंसिर २६) उहाँले भने जस्तै नेपालमै सम्भावना छ जस्तो लाग्छ । उहाँसँग भेटघाट गर्न मन छ । कसरी सम्पर्क गर्न सकिन्छ ?
- धर्म भण्डारी, हेम्जा, कास्की
गत साताको लभ मन्त्र राम्रो लाग्यो ।
- सिर्जना लिम्बू
फेसबुक फन्डा बबाल छ ।
- सिरु
नियति शीर्षकको लेख पढेर सारै नराम्रो लाग्यो । कुनै पनि महिलाले आफ्ना बालबच्चा छाडेर दोस्रो विवाह नगरून् ।
- प्रभु राई
मलाई यो कुरा त्यति चित्त बुझेन । (मेरो सेक्रेट, गरिमा पन्त, नायिका, मंसिर २६)
- निम शर्मा, घोराही
बट्टाइको अण्डा स्वास्थ्यका दृष्ट्रिले लाभदायक रहेछ । (बट्टाइ अण्डा, मंसिर २६) छालासम्बन्धी रोगीहरूलाई काम लाग्ने भयो । म त खोजेर पाइने ठाउँ जान्छु । यस्तो सूचनाका लागि साप्ताहिकलाई धन्यवाद ।
- अनिस परियार, रातोपुल
हाम्रो बाग्लुङको गल्कोटका बारेमा पढ्न पाउँदा खुसी लाग्यो । (गन्तव्य : गल्कोट, मंसिर २६) घुम्न चाहनेहरूका लागि यो राम्रो पर्यटकीय गन्तव्य हो ।
- अजय पौडेल, अनिश पौडेल, बाग्लुङ, हाल : काठमाडौं
एकै पटक तीनवटा एल्बम सार्वजनिक गरेकोमा मनोज साङसोनजीलाई बधाई । (एकसाथ तीन एल्बम, मंसिर २६) तपाईंका गीतले श्रोताहरूको मन जितुन् ।
- प्रकाश ठकुरी
आफ्नै जिल्लामा भएको यस्तो ऐतिहासिक जानकारीका सम्बन्धमा म बेखबर थिएँ । (पार्क, ज्ञानविज्ञान कुञ्ज, मंसिर २६) म जस्तै अन्य विद्यार्थीहरू पनि यो विषयमा अनभिज्ञ छन् । यस्तो जानकारी दिएकोमा साप्ताहिकलाई धन्यवाद ।
- सरोज माझी