कुन सेवामा कति ?
आयोगको विज्ञापन अनुसार खुलातर्फ २ सय २४ पदमा आवेदन दिन सकिन्छ भने २ सय ४१ पदमा आरक्षण कोटाअनुसार आवेदन दिन सकिन्छ । खुलामा आवेदन दिनेहरूका लागि न्याय सेवाअन्तर्गत न्याय समूहका लागि २३ जना, कानुन समूहमा ४ जना तथा सरकारी वकिलका लागि ११ जना माग गरिएको छ । त्यस्तै परराष्ट्र सेवाअन्तर्गत ३ जना माग गरिएको छ भने प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा ९९ जना, लेखा समूहमा ५९ जना तथा राजस्व समूहमा १९ जना माग गरिएको छ । त्यसैगरी लेखा परीक्षण सेवामा ५ जना र व्यवस्थापिका संसद्अन्तर्गत १ जना माग गरिएको छ ।
त्यसैगरी ती पदका लागि समावेशी आरक्षण कोटाअन्तर्गत पनि आवेदन दिन सकिनेछ, जसअन्तर्गत महिलाका लागि ७७ आरक्षण सिट छुट्याइएको छ । आदिवासी जनजातिका लागि ६४ सिट, मधेसीका लागि ५५ सिट, दलितका लागि २४ सिट, अपांगका लागि १२ सिट तथा पिछडिएको क्षेत्रका लागि ९ सिट छुट्याइएको छ ।
महिला कोटामा न्याय सेवाअन्तर्गत न्याय समूहमा १२ जना, कानुन समूहमा ३ जना, सरकारी वकिल समूहमा ११ जना माग गरिएको छ । परराष्ट्र सेवाका लागि १ जना, प्रशासनका लागि २७ जना, लेखा समूहका लागि १७ जना, राजस्व समूहका लागि ५ जना, लेखा परीक्षणका लागि १ जना माग गरिएको छ । आदिवासी जनजाति कोटामा न्याय समूहमा ९ जना, कानून समूहमा २ जना, सरकारी वकिलमा १२ जना, परराष्ट्रमा १ जना, सामान्य प्रशासनमा २२ जना, लेखामा १३ जना, राजस्वमा ४ जना तथा लेखा परीक्षणमा १ जना माग गरिएको छ ।
यसैगरी मधेसी आरक्षणअन्तर्गत न्याय समूहमा ९ जना, कानुनमा २ जना, सरकारी वकिलमा १० जना, सामान्य प्रशासनमा १७ जना, लेखा समूहमा ११ जना, राजस्व समूहमा ३ जना तथा लेखा परीक्षणमा ३ जना माग गरिएको छ । दलित कोटामा न्याय समूहका लागि ४ जना, कानुनका लागि २, सरकारी वकिलका लागि ५ जना, सामान्य प्रशासनका लागि ७ जना, लेखाका लागि ५ जना तथा राजस्वका लागि १ जना माग गरिएको छ । अपांग आरक्षणअन्तर्गत न्यायका लागि २ जना, सरकारी वकिलका लागि २ जना, सामान्य प्रशासनका लागि ४ जना, लेखाका लागि ३ जना तथा राजस्वका लागि १ जना माग गरिएको छ । त्यस्तै पिछडिएको क्षेत्र अन्तर्गत न्याय समूहका लागि २ जना, सरकारी वकिलका लागि १ जना, सामान्य प्रशासनका लागि ३ जना, लेखाका लागि २ जना एवं राजस्वका लागि १ जना माग गरिएको छ ।
योग्यता
अधिकृत तहमा आवेदन दिन न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्छ । प्रशासन सेवाका लागि व्यवस्थापन वाणिज्य शास्त्र लगायतका स्नातक गर्नुका साथै अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक गरेको हुनुपर्छ । त्यस्तै न्याय सेवाका लागि कानुनमा स्नातक गरेको हुनुपर्छ । लेखापरीक्षकका लागि व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण हुुनुपर्छ । आवेदक २१ वर्ष पुगेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला तथा अपांगका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ । समावेशी कोटाअन्तर्गत आवेदन दिने उम्मेदवारले सम्बन्धित निकायको सिफारिस अथवा प्रमाणपत्र पनि बुझाउनुपर्छ । विज्ञापन, पाठ्यक्रम, परीक्षा कार्यक्रमजस्ता कुरा लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np मा हेर्न सकिन्छ ।