हेयर स्टाइल
मेरा फ्यानहरूलाई मेरो हेयर स्टाइल असाध्यै मन परेको प्रतिक्रिया पाएको छु । वास्तवमा मेरो यो हेयर स्टाइलको पछाडि एउटा पीडादायक घटना लुकेको छ । म करिब ९ वर्षको हुँदा साथीहरूसँग मट्टतिेलमा डुबाएर आगो सल्काइएको खेलौना हवाईजहाज उडाउने क्रममा उक्त हवाईजहाज मेरो टाउकोमा ल्यान्ड गरेको थियो । दनदनी बलिरहेको हवाईजहाजले मेरो केश नराम्रोसँग डडायो । भगवानलाई धन्यवाद छ केही महिनापछि मैले नयाँ केश पाएँ ।
वल्र्ड टुर
म सानै हुँदादेखि नै कामको सिलसिलामा बुवा-आमा नै नेपाल बाहिर गैरहनुहुन्थ्यो । त्यसक्रममा उहाँहरूले मलाई आफू जाने प्राय: सबै देश लिएर जानुभएको थियो । मैले विश्वका करिव ४० वटा देशको भ्रमण गरिसकेको छु ।
सिक्का संकलक
हरेक मानिसको आ-आफ्नै स्वभाव एवं रुचि हुन्छ । म भने सानैदेखि सिक्का -क्वाइन) संकलन गर्न मन पराउने मान्छे हुँ । वास्तवमा विदेश भ्रमणमा जाँदा म जहाँ-जहाँ पुगेको छु, ती सबै देशका सिक्का मसंग सुरक्ष्ाित छन् । नेपालकै पनि पुराना तथा ऐतिहासिक सिक्काहरू मैले संकलन गरेर राखेको छु ।
अनाथलाई माया
म सानो कुरामा भावुक हुने स्वभावको छु । कसैले चित्त दुखायो भने म निराश हुन्छु । मेरो यो बानी मेरा बुवाबाहेक धेरैलाई जानकारी छैन । म एक्लो भएँ भने, निराश भएँ भने मन बहलाउन काठमाडौंका विभिन्न अनाथालय तथा वृद्धाश्रम पुग्छु । त्यहाँ पुगेर अनाथ बालबालिकासँग केही घण्टा बिताउन पाउँदा आफूलाई परेको दु:ख केही पनि होइन जस्तो लाग्छ । व्यक्तिगत रुपमा वर्षको १०-१५ हजार रुपैयाँ अनाथहरूका लागि खर्चसमेत गर्छु ।
गिटारिस्ट
म कुशल गिटारिस्ट पनि हुँ । विद्यालयमा अध्ययरत छँदा मलाई संगीतकर्मी बन्ने इच्छा थियो । हाम्रो विद्यालयको 'एमट्यूज सेभेन' भन्ने ब्यान्डको म लिड भोकलिस्ट तथा रिदम गिटास्टि पनि हुँ । मसँग अहिले पनि दुईवटा गिटार छन् । म फुर्सदमा गिटार बजाएर गीत कम्पोज गर्न तथा गाउन असाध्यै मन पराउँछु ।
गायक
चलचित्र 'जेरी' मार्फत मैले गायनमा समेत आफ्नो कला प्रदर्शन गरेको छु । चलचित्रको एउटा दृश्यमा निर्देशकले हामीलाई आफूलाई जे गरेर रमाइलो गरिरहेको वातावरण सिर्जना सक्छौ, त्यही गर भन्नुभयो । निर्देश्ाकले गीत गाउने अनुमति दिएपछि आफ्नै शब्द तथा संगीतको 'तिमी बन्न सक्छौ मेरो भातको घिउ' गाएँ । उक्त गीत रेकर्ड गरेपछि आफूले अभिनय गर्ने चलचित्रको कम्तीमा एउटा गीतमा पाश्र्व गायन गरौं कि भन्ने लागिरहेको छ ।
प्रस्तुति : कृष्ण भट्टराई