साप्ताहिक संवाददाता
समारोहमा गीतकार देवेन गिरीको एल्बम 'द पेन एण्ड देवेन' ले वर्षको सर्वोत्कृष्ट एल्बम -सुगम संगीत)' को एवार्ड प्राप्त गर्यो । गीतकार डीआरको 'झन् झन् मुटु दुख्न थाल्यो' ले सर्वोत्कृष्ट गीतको एवार्ड जित्यो । सर्वोत्कृष्ट गायक -सुगम संगीत) को एवार्ड गायक उदय सोताङले जिते । गायिकातर्फ श्रेयशी चेम्जोङ सर्वोत्कृष्ट भइन् । सुगम संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको एवार्ड राजकुमार बगरले जिते भने सर्वोत्कृष्ट रचना (सुगम संगीत) तर्फ योगेन्द्रमणि दाहाल पुरस्कृत भए । निर्देश्ाक सहेन्द्र श्रेष्ठले आधुनिक तथा पप विधाको सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देश्ाकको एवार्ड जिते भने विजेश्वर तण्डुकार वर्षको सर्वोत्कृष्ट रेकर्डिष्ट बन्न सफल भए ।
गायक सुगम पोखरेल एकै साता दोस्रो पटक पुरस्कृत भए । अघिल्लो साता रेडियो कान्तिपुरको एवार्डमा सर्वोत्कृष्ट पप गायकको एवार्ड जितेका सुगमले विन्ध्वासिनी एवार्डमा पनि यही पुरस्कार जिते । छायांकार हरि हुमागाईं सर्वोकृष्ट छायांकारको एवार्डको हकदार बने । सर्वोत्कृष्ट पप गायिकाको एवार्ड गायिका आकांक्षा बस्यालले जितिन् ।
एसियन म्युजिक कम्पनीले सर्वोत्कृष्ट म्युजिक कम्पनीको एवार्ड जितेको उक्त समारोहमा संगीतकार राजु सिंहले वर्षको सर्वोत्कृष्ट संगीतकारको एवार्ड जिते । सर्वोत्कृष्ट युगल गायनको एवार्ड सत्य-स्वरूपराज आचार्यले प्राप्त गरे । पप तथा आधुनिक गीतको म्युजिक भिडियोको मोडलको एवार्ड पल शाह तथा प्रकृति श्रेष्ठले जिते । सर्वोत्कृष्ट पाश्र्व गायनको एवार्ड गायक राजेशपायल राईको भागमा पर्यो भने पाश्र्व गायिकाको एवार्ड रजिना रिमालको हात पर्यो ।
राष्ट्रिय गीततर्फ शैलेन्द्र शरद सर्वोत्कृष्ट घोषित भए । लोकदोहोरी गीतको म्युजिक भिडियोको सर्वोत्कृष्ट निर्देशकको एवार्ड कपिल लामाले जिते । महिला संगीतकारको एवार्ड पद्मा लिंखा मगरले जितिन् । भिडियो सम्पादकतफर्को एवार्डसुजन शाहीले पाए । सुगम तथा पप संगीततफर्को नव प्रतिभाको एवार्ड राजकुमार गोस्वामीले जिते । लोकदोहोरीतर्फ नवप्रतिभाको एवार्डबाट कुमार पुन सर्वोत्कृष्ट भए । लोकदोहोरी भिडियोका उत्कृष्ट मोडलको एवार्ड महेन्द्र गौतम तथा सुगन शाहीले जिते ।
गीत-संगीत तथा नृत्य प्रस्तुतिसहितको एवार्ड समारोहमा दोहोरी गीतबाट गायिका मञ्जु पौडेलले वर्षको उत्कृष्ट लोकदोहोरी गीतको एवार्ड हात पारिन् भने गायक मौसम गुरुङ सर्वोत्कृष्ट लोकदोहोरी गायक घोषित भए । गायिका देवी घर्तीले सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको एवार्ड जितिन् । रमेश बिजी सर्वोत्कृष्ट लोकदोहोरी रचनाकारमा अब्बल भए । सहदेव कोइरालाले लोकदोहोरी रचनाको एवार्ड हात पारेको थियो ।