पोखरामा सम्पन्न तेस्रो लिटिल च्याम्पको उपाधि प्रतिभा उच्च माविमा कक्षा ५ मा अध्ययनरत बीपीका कायस्थले जितेकी छिन् । प्रतियोगितामा फस्ट रनर्सअप कुमुदिनी होम्सको कक्षा ४ मा अध्ययनरत संयम मल्ल तथा सेकेन्ड रनर्सअप प्रतिभा उच्च मावि कक्षा ५ मा अध्ययरत नियुक्ति केसी एवं भ्यूअर च्वाइस माउन्ट अन्नपूर्ण कक्षा तीनमा अध्ययनरत याङ्गजिना लामा घोषित भए । मंसिर ६ गते प्रारम्भ भएको अडिसनबाट ५० बालबालिकाबाट २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । प्रतिस्पर्धी २२ जनामध्ये १७ जना बालिका तथा ५ जना बालक थिए । प्रतियोगीहरू मुख्य उपाधि लिटिल च्याम्प-२०१४ सहित २२ विधामा पुरस्कृत भएका छन् । उक्त अवसरमा समाजसेवी नारायण गुरुङलाई सम्मानसमेत गरिएको थियो ।