साप्ताहिक संवाददाता
पुस ५, २०७१
बुटवल
रितेश रणपालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा बेस्ट ड्रेस कुमार श्रेष्ठ र सनम ज्ञवाली, बेस्ट क्याटवाक सन्जय र सनम, मोस्ट ह्यान्डसम दीपेन्द्र राना र मोस्ट ब्युटिफल समिता स्वर्णकार भए । लायन्स क्लब अफ बुटवल सिटीले आयोजना गरेको प्रतियोगिताको निर्णायकमा नायक भुवन केसी एवं मिस नेपाल-२०१२ मलिना जोशी थिए । अडिसनमा १ सय जनाले भाग लिएको प्रतियोगितामा १४ जना युवती र ११ जना युवक गरी २५ जना फाइनलका लागि छनौट भएका इभेन्ट म्यानेजर किसन कुँवरले बताए । उक्त अवसरमा मोडल एनी कुँवर, अभिनेत्री सोनु घिमिरेले नृत्य तथा गायक रामजी नेपालीले गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।