साप्ताहिक संवाददाता
पुस ५, २०७१
सुरुमा स्थानीय भोजपुरी गायक सुनिल पण्डितले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर वातावरण बनाएपछि स्थानीय बालकलाकार जिया मिश्राले आकर्षक नृत्य प्रस्तुत गरिन् । एउटै खुट्टाले नृत्य गर्ने नृत्यांगना रोमा न्यौपानेले पनि आफ्नो नृत्य कलाले सबैलाई चकित बनाइन् । उक्त अवसरमा वीरगन्जका गायक सन्जु अमात्यले आफ्ना पुराना तथा नयाँ गीत सुनाएका थिए ।
कार्यक्रमको अन्त्यतिर आएकी इन्दिराले प्रशंसकहरूलाई खुसी तुल्याउन कुनै कसर बाँकी राखिनन् । गायनसँगै कामुक शैलीको उनको प्रस्तुतिले प्रशंसकहरूलाई तताएको थियो ।