भोजराज भाटद्वारा निर्देशित वृत्तचित्र 'सुनकली' ले काठमाडौंमा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा जुरी तथा इसिमोड एवार्डसहित नगद १ हजार डलर जितेको छ । यो वृत्तचित्र मुगुमा बसोबास गर्ने सुनाकली बूढा तथा उनको फुटबल टिमले खेल जित्नका लागि गरेको संघर्षमा आधारित छ । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधाअन्तर्गत फ्रान्सका निर्देशक हर्व टिवरघिअनको 'द डेज अफ तराप' उत्कृष्ट हुँदै नगद १ हजार ५ सय डलरको पुरस्कार जित्न सफल भयो । महोत्सवमा कला संग्रौलाले निर्देशन गरेको 'बुट्टे' ले दर्शक एवार्ड, स्विकार शाह र मिलनको चलचित्र 'मानिस हराएको सूचना' तथा अंकित केसीको 'अ थाउजेन्ड डि्रम्स' एवं पूजा गुरुङ र विभूषण बस्नेतको चलचित्र 'द कर्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट' ले स्पेशल मेन्सन एवार्ड जिते ।