कथाकार तथा नायक महेशमान् श्रेष्ठ आकर्षक व्यक्तित्वका धनी छन् । महेशलाई क्याजुअल पहिरन असाध्यै मन पर्छ । महेश पार्टीमा पनि क्याजुयल पहिरनमै जान रुचाउँछन् । लेदरको ज्याकेट उनलाई असाध्यै मन पर्ने पहिरन हो । नेपाल र अस्ट्रेलिया दुवैतिर बस्दै आएका महेश नेपालमा बस्दा ब्रान्डमा खासै ध्यान दिँदैनन् । कालो तथा गुलाफी रंगका पहिरन उनको रोजाइमा पर्छन्् । उनी गुची ब्रान्डको घडी, सन ग्लास तथा परफ्युम नियमित प्रयोग गर्छन् । श्रेष्ठ विभिन्न किसिमका सेन्ट सम्मिश्रण गरी प्रयोग गर्छन् । हातमा ब्रासलेटबाहेक अरू गहना लगाउँदैनन् । महेशसँग २० जोर जुत्ता छन् । परिस्थिति हेरेर पहिरनमा ध्यान दिन सके आत्मविश्वास बढ्नुका साथै काममा सफलता हासिल गर्न सकिने महेशको अनुभव छ । व्यक्तित्व राम्रो बनाउन महँगा तथा ब्रान्डेड पहिरन लगाउनुपर्छ भन्ने मान्ने मान्यता नभएको उनी बताउँछन् । सफा तथा ट्रेन्डको पहिरन समयअनुसार मिलाएर लगाउँदा व्यक्तित्वमा निखार आउने श्रेष्ठको दाबी छ ।