दाँत बचाउने ३ उपाय

दाँत बचाउने ३ उपाय

पुस ५, २०७१

मानसिक अस्पतालमा एउटा पागल हातमा छुरी लिएर आफ्नो डाक्टरलाई लखेट्दै रहेछ, प्रत्यक्षदर्शीहरू विचरा आज यो डाक्टरको ज्यान जाने भयो भन्दै चर्काचर्की बहस गर्दै थिए । यता डाक्टर भने आफ्नो ज्यान जोगाउन हस्याङफस्याङ गर्दै भागिरहेको थियो । पागल पनि जोडतोडका साथ डाक्टरको पिछा गरिरहेको थियो । उनीहरू भागदौड गर्दागर्दै अगाडिको बाटो अन्त्य भयो । अब भाग्ने ठाउँ नपाएर डाक्टर अत्तालिएपछि अचानक पागलले डाक्टरको हात समात्यो । छुरी डाक्टरको हातमा थमाउदै भन्यो : 'ह्या, म लखेट्दा-लखेट्दै वाक्क भएँ, ल यो छुरी समात्, अब तँ लखेट म भाग्छु ।'

०००

नयाँ गीत

जति फेसबुक चलाए पनि,

जति स्टाटस लेखे पनि

निष्ठुरीले अनफ्रेन्ड गर्दा

मनमा पीर त पर्ने नै भयो,

यो मन त्यसै मर्ने नै भयो ।

आहाहाहा

उसको फोटो लाइक गरेकै थिएँ, स्टाटसमा कमेन्ट गरेकै थिएँ

बुझ्नेले कुरा नबुझेपछि,

ठाउँको ठाउँ अनफ्रेन्ड गरेपछि

रिसले ब्लक हान्नु नै पथ्र्यो,

यो मन त्यसै मर्ने नै भयो ।

आहाहाहा

उसको नौटंकी सुनेकै थिएँ,

रातभरि च्याट गरेकै थिएँ

काम न काजमा ठुस्सिएपछि,

अब तिमीसँग बोल्दिनँ भनेपछि

यो मन त्यसै मर्ने नै भयो,

आहाहाहा....

०००

एक्जाम देऊ रिजल्टको चिन्ता नगर

हरेक केटीलाई प्रपोज गर

रेस्पोन्सको चिन्ता नगर

केटी जिस्क्याऊ तर स्यान्डलको चिन्ता नगर

किनभने

गीतामा लेखिएको छ, कर्म गर तर फलको आशा नगर

-खै त वा वा यार ?)

०००

शेरे : तिमी कति राम्रो गाउँदी रहिछ्यौ

युवती : होइन म त बाथरुम सिंगर मात्र हो ।

शेरे : ए होर ? बोलाऊ न हामीलाई पनि कहिलेकाही तिम्रो लाइभ प्रोगाममा ।

०००

शेरे : ओ हाकु दाइ, तपाईंले किन बाइक यति स्पिडमा हाँक्नुभएको ?

हाकु : हेर्न पासा, यो चिठी अर्जेन्ट पुर्‍याउनु छ क्या !

शेरे : अनि कहा पुर्‍याउनुपर्ने हो नि ?

हाकु : त्यही त हतारले गर्दा हेर्न पनि भ्याको छुइन भन्या ।

शेरे : ए ल ल छिटो गरौं त्यसो भए ।

०००

दाँत बचाउने ३ उपाय

१. दिनको दुई पटक दाँत माझ्ने

२. गुलियो धेरै नखाने

३. नेपालीहरूसँग बोल्दा मुख सम्हालेर बोल्ने

०००

जित्नका लागि केही छ भने

त्यो हो प्रेम

पिउनका लागि केही छ भने

त्यो हो क्रोध

खानका लागि केही छ भने

त्यो हो दु:ख

दिनका लागि केही छ भने

त्यो हो दान

देखाउनका लागि केही छ भने

त्यो हो दया

लिनका लागि केही छ भने

त्यो हो ज्ञान

बोल्नका लागि केही छ भने

त्यो हो सत्य

त्याग्नका लागि केही छ भने

त्यो हो इश्र्या

राख्नका लागि केही छ भने

त्यो हो इज्जत

छोड्नका लागि केही छ भने

त्यो हो मोह

०००

शेरे : आई लभ यू, तिमीभन्दा राम्री यो दुनियाँमा कहि पनि देखेको छैन्

युवती : साँच्चै ? तिम्रो पछाडी उभिएकी भन्दा पनि राम्री छु ?

-शेरेले हत्तपत्त पछाडी फर्किएर हेर्‍यो तर त्यहाँ कोही पनि थिएन)

युवती : -रिसाउँदै) यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने पछाडी फर्किएर नै हेर्ने थिएनौं नि, त्यसैले आई हेट यू

-कुरो अझै बाँकी नै छ)

शेरे : ठीक छ, तिम्रै खुसी गर, तर डायमन्ड रिंग पो खेर जाने भयो नि ।

युवती : अरे मेरो राजा म त जोक्स पो गर्दै थिए त रिसाइहाल्नुपर्छ ?

-युवतीले रिंग बक्स खोलेर हेर्छे तर बक्स त खाली)

शेरे : यदि तिमी पनि मलाई साँचो माया गथ्र्यौ भने भेरिफाई गर्ने नै थिएनौं नि, यसमा रिंग छ छैन

भनेर ? आई हेट यू ।

०००

शेरे विदेश जान भनेर घरबाट निस्कियो, त्यत्तिकैमा हतार हतार गर्दै शेरेकि बूढी आई र उसलाई एक प्याकेट कन्डम दिँदै भनी : ल यो आफ्नो साथमै राख्नु, विदेशमा मन लागि गयो भने

काम लाग्छ ।

शेरे : मेरी बूढी कस्ती मजाकी, कस्तो कुरा बुझ्ने बूढी

-शेरे अलिक पर पुगेपछि)

शेरेकि बूढी : ए बूढा एक छिन पर्ख त, त्यो पाकेटबाट दुईवटा चाहिँ मलाई देउ त, मलाई पनि मन लाग्यो भने चाहिन्छ नि ।

-शेरे त ढक भयो विदेश(सिदेश क्यान्सिल)

०००

शेरे : आई लभ यू

केटी : सरी, म अरू कसैलाई माया गर्छु

विचरा शेरे निराश भएर फर्कियो, अलिक पर पुगेपछि

अचानक जोड-जोडले चिच्याउँदै दौडन थाल्यो : पर्खी, तेरो बाउलाई भन्दिन्छु ।

केटी : -पछाडि दौडँदै) अरे साले कुक्कुर पर्खी.....आई लभ यू टु ।

०००

मोदी आउलान् र सीता तिम्रै छोरी हुन्, लक्ष्मण तिम्रै सोल्टी हुन् अनि दशरथ तिम्रै सम्धी हुन् भन्देलान् अनि राम तिम्रै ज्वाइँ हुन् भन्ने कत्रो आशा थियो, दुर्भाग्य आउने भनेर पनि आएनन् ।

०००

यदि तपाईंको शत्रुले तपाईंलाई ढुंगाले हान्यो भने मुसुक्क हाँस्नु र उसलाई फूलले हान्नु तर याद राख्नु, फूल गमलासहितको हुनुपर्छ ।

प्रकाशित :पुस ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्