साप्ताहिक संवाददाता
- विनोद विष्ट
फूल साइजको पहिरन तथा न्याना जुत्ता लगाउन मन पराउँछु । रुघा लागेको मन पर्दैन ।
- आरडि अन्जान, विवेक भुजेल
राम्रा-राम्रा ज्याकेट तथा जुत्ता लगाउन पाउँदा रमाइलो लाग्छ । मलाई जाडो मौसम औधी मन पर्छ ।
- सिमरन राई
जाडोयाममा तातो सिरक मन पर्छ ।
- निसान ढकाल
घाममा बसेर साथीहरूसँग गफगाफ गर्न, डाँडामा बसेर प्रेम गर्न ।
- इन्द्र कुमार
तातो घाममा बसेर उपन्यास पढ्न मजा आउँछ ।
- फिबी राई
तातो सुप खाँदै, न्याना लुगा लगाएर सिरकभित्र बस्न मन पराउँछु ।
- किरन चाम्लिङ
घाममा घुम्न र कोट लगाउन ।
- कपिल महारा
जाडोयाममा शीतलहर चलेको मन पर्दैन, सुत्न र खानचाहिँ मन पराउँछु ।
- अंकित बिस्ट
बिहानको चिसोमा घुम्न मजा आउँछ ।
- बिब्स तामाङ
न्यानो घाममा बसेर सुन्तला खान ।
- अनुराग
आगो ताप्न अनि तातो चिया पिउन ।
- सुरेन्द्र तिवारी
सिरक मन पर्छ ।
- बिदुर कुमार सिग्देल
तात्तातो खानेकुरा खान पाइन्छ । मलाई त जाडो मौसम नै मन पर्छ ।
- प्रजिता कार्की
हुस्सु लागेको मन पर्दैन, घाम छेकिएको मन पर्दैन । अरू त के भनौं र खै ?
- बुद्ध लिम्बू
मलाई त मन पर्दैन । किनभने जाडोमा पानी यति चिसो हुन्छ कि नुहाउन पनि सकिँदैन ।
- मन्दिल सुवाल
मलाई त एकदम मन पर्छ । तात्तातो सुप पिउँदै, ब्ल्याङ्केटमा बसेर टिभी हेर्न एकदम मज्जा आउँछ ।
- अप्सरा खत्री
मलाई त जाडो मौसम नै मन पर्छ । रोग, बाढी, पहिरो, प्रकोप सबैबाट जोगिन्छ ।
- पुरुषोत्तम प्रसाईं
जाडोमा कृषि उत्पादन कम हुन्छ । यो हिसाबले मन पर्दैन, तर जाडोयाममा वषर्ा नहुनाले सवारी साधनहरू राम्रोसँग चल्न पाउँछन् । यो पक्षचाहिँ मन पर्छ ।
- देबेन चाम्लिङ
जाडोयाममा खासगरी हिमाली क्षेत्रमा हिउँ पर्छ । विशेष गरी घुम्न मज्जा आउँछ । मलाई त मन पर्छ ।
- ज्ञानेन्द्र बस्नेत
मलाई गर्मी मौसम मन पर्छ । जाडोयाममा दैनिक जीवन असहज हुन्छ ।
- अस्मिता
जाडोयाममा मज्जाले सुत्न पाइन्छ, पढ्न पाइन्छ ।
- चेङ्ग्रबु शेर्पा
मलाई त जाडो मन पर्दैन । किनभने चाँडै रात पर्छ, अनि ढिलो उज्यालो हुन्छ ।
- आशिक
मन नपरे पनि के गर्नु ? रोक्न मिल्दैन ।
- गंगा योञ्जन
वाउ, मलाई त जाडोयाम नै मन पर्छ । घुम्न मज्जा आउँछ नि त ।
- बिमला कार्की
मलाई त जाडो मन पर्छ, किनभने भित्र पुरानो लुगा लगाएर बाहिर नयाँ ज्याकेट लगाउन पाइन्छ ।
- बालकृष्ण
जाडो मौसमले धनी-गरिब छुट्याउँछ । धनीले महंगा र न्याना लुगा लगाउँछन् । गरिबले किन्नै सक्दैनन् । मलाई त जाडो मौसम मन पर्दैन ।
- वसन्तकुमार चौधरी