साप्ताहिक संवाददाता
पाकिस्तानी बाल शिक्षा अभियानकर्ता मलाला युसुफजाई तथा भारतीय बालअधिकार अभियानकर्ता कैलाश सत्यार्थी यस वर्षको नोबेल शान्ति पुरस्कारबाट संयुक्त रूपमा सम्मानित भए । १७ वर्षको उमेरमा नोबेल पुरस्कार पाउने मलाला सबैभन्दा युवा व्यक्तित्व हुन् । सन् २००९ मा पहिलो पटक पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा इस्लामवादी तालिवानको नियन्त्रणमा जीवन कस्तो छ भन्ने विषयमा बीबीसीमा अज्ञात नामबाट ब्लग लेख्न थालेपछि मलाला चर्चामा आएकी थिइन् । त्यसको तीन वर्षपछि सन् २०१२ मा बालिकाहरूको शिक्षाका लागि अभियान चलाएको भनेर उनलाई तालिवानी बन्दुकधारीहरूले टाउकोमा गोली प्रहार गरेका थिए । त्यस्तै झन्डै २५ वर्षदेखि बाध्यात्मक बालश्रमविरुद्ध अभियान चलाउँदै आएका भारतीय नागरिक कैलाश सत्यार्थीले पनि मलालासँगै नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन् । ६० वर्षीय सत्यार्थीले बालश्रमविरुद्ध विश्वव्यापी यात्रा पनि सञ्चालन गरेका थिए । नोबेल कमिटीले मलाला तथा कैलाश दुवैले बालबालिकामाथि गरिएको दमनविरुद्ध संघर्ष गरेको भन्दै त्यसको प्रशंसा गरेको छ ।
पुरस्कार घोषणा गर्ने समितिले यी दुई व्यक्तिलाई उनीहरूले बालबालिका एवं युवाहरूको दबिएको आवाजलाई उजागर गर्न संघर्ष गरेबापत नोबल पुरस्कार प्रदान गरिएको बताएको छ ।
नोबेल साहित्य पुरस्कार
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली उपन्यासकार प्याटि्रक मोडियानोलाई प्रदान गरिएको छ । लेखकले मानिसको अस्पष्ट भाग्य र नाजी पेसालाई खुलासा गरेको भन्दै एकेडेमीले उनलाई पुरस्कृत गरेको हो । प्याटि्रक मोडिएनो पेरिस नजिकैको सहर बोउलोगन बिलानकोर्टमा व्यापारी पिता तथा अभिनेत्री माताको सन्तानका रूपमा ६९ वर्षअघि जन्मिएका हुन् ।
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार
दुई अमेरिकी एरिक बेजिग र विलियम मर्नर तथा एक जर्मन वैज्ञानिक स्टिफन हेलले यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरे । उनीहरूले 'नानोस्कोप' को विकास गरेका थिए जसले जीवित कोषभित्रका अत्यन्त सूक्ष्म कणको सजिलै अध्ययन गर्छ ।
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना जापानी वैज्ञानिक इसामु आकासाकी, हिरोसी, अमानो तथा सुजी नाकामारालाई प्रदान गरिएको छ । उनीहरूले थोरै ऊर्जामा पर्याप्त उज्यालो दिने वातावरणमैत्री लेड चिमको विकास गरेका थिए ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरे । ब्रेन जिपिएस सिस्टमको विकासमा योगदान पुर्याउने वैज्ञानिक एड्भार्ड मोजर मे बि्रट मोजर जोहन ओ केफेले चिकित्साशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका हुन् । उनीहरूको अनुसन्धानले अल्जाइमर्स रोगीले किन बिर्सन्छ भन्ने कुरा व्याख्या गर्न सहयोग पुग्नुका साथै मानव मस्तिष्क कहाँ छ भन्ने कुरा पनि पत्ता लाग्छ ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका अर्थशास्त्री जाँ तिरोलले प्राप्त गरे । बजार, शक्ति र नियमनका बारेमा गरेको अनुसन्धानका लागि तिरोललाई नोबेल पुरस्कार दिने घोषणा गरिएको नोबेल एकेडेमीले जनाएको छ । तिरोलको अध्ययनले शक्तिशाली कम्पनीलाई बुझ्न र नियन्त्रण गर्न महत्वपूण्र्ा भूमिका खेल्ने नोबेल पुरस्कार एकेडमीले जनाएको छ । ६१ वर्षका तिरोलले सन् १९८० को दशकदेखि बजारको असफलताको कारणसम्बन्धी अनुसन्धान गरिरहेका छन् ।
वल्र्ड्स चिल्डे्रन प्राइज-२०१४
स्वीडेनमा मुख्यालय रहेको वल्र्ड्स चिल्डे्रन प्राइज बालबालिकाको क्षेत्रमा दिइने नोबेल पुरस्कार मानिन्छ । सन् २००० मा प्रारम्भ भएको वल्र्ड चिल्ड्रेन पुरस्कार १ सय ९ देशका ६० हजार विद्यालय, ६ सय ६ वटा शिक्षा संगठन तथा विभागहरूद्वारा समर्थित छ । झन्डै १ करोड नेपाली रुपैयाँबराबरको यो पुरस्कार यसपालि मलाला युसुफजाइको पोल्टामा पर्यो ।
त्यस्तै 'वल्र्ड्स चिल्डे्रन्स अनरी एवार्ड' नेपालबाट इन्दिरा रानामगर सम्मानित भइन् । प्रिजनर्स एसिस्टेन्स नेपालकी अध्यक्ष इन्दिरा बाबुआमासँगै कारागारमा रहेका बालबालिकाको शिक्षादीक्षाका लागि २४ वर्षदेखि संघर्षरत छिन् । उनले प्राप्त गरेको झन्डै २५ लाख नेपाली रुपैयाँ बालबालिकाको शिक्षाक्षेत्रमा खर्चने बताएकी छिन् । त्यस्तै 'वल्र्ड्स चिल्डे्रन्स अनरी एवार्ड' बाट जोन उड पनि सम्मानित भए । उडले विगत १५ वर्षदेखि नेपाललगायत १० देशमा पुस्तकालय अभियान सञ्चालन गरिरहेका छन् ।
रमन म्यागसेसे पुरस्कार
रमन म्यागसेसे पुरस्कार एसियाका व्यक्ति एवं संस्थाहरूलाई प्रदान गरिन्छ । यसलाई एसियाको नोबेल पुरस्कार पनि मानिन्छ । यस वर्ष चार जना व्यक्ति तथा एक संस्थालाई यो पुरस्कार प्रदान गरियो ।
चिनियाँ महिला पत्रकार तथा काइछिन सेन्चुअरी विक्लीका प्रधान सम्पादक हु सुली, चाइना युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका प्रोफेसर वाङ कान्फा, इन्डोनेसियामा जंगल स्कुल खोल्ने सौर मर्लिना, अफ्गानिस्तानको संस्कृति जोगाउन लागिपरेका नेसनल म्युजियम अफ अफगानिस्तानका डेपुटी जनरल ओमार खान मसौदी तथा पाकिस्तानको द सिटिजन फाउन्डेसन यस
पटक यो पुरस्कारद्वारा सम्मानित भएका छन् ।
द म्यान बुकर प्राइज-२०१४
अस्टे्रलियाका लेखक रिचार्ड फ्ल्यानगनले सन् २०१४ को द म्यान बुकर पुरस्कार प्राप्त गरे । ५० हजार पाउन्डको यो पुरस्कार साहित्य क्षेत्रमा विश्वकै सर्वाधिक प्रतिष्ठित पुरस्कार मानिन्छ । द न्यारो रोड टु द डिप नर्थ पुस्तकका लागि उनले उक्त पुरस्कार पाएका हुन् ।