साप्ताहिक संवाददाता
- डम्बर लिङ्देन, श्याम लिम्बू, प्रदीप गोले
ज्यादै नरमाइलो लाग्यो । आफू मरे पनि छोराहरूलाई त्यस्तो नगर्नुपर्ने थियो । मानिसलाई जति भए पनि पुग्दैन ! (हाम्रै नेपालमा : पत्नी अर्कैसँग लागेपछि, पुस ४) जति माया गरे पनि छाडेर जाने श्रीमतीको व्यवहार राम्रो होइन ।
- पुष्कर, विवेक गुरुङ
अधिकृत बन्ने अवसर शीर्षकको लेख राम्रो लाग्यो । (अधिकृत बन्ने अवसर, पुस ४) यसले बेरोजगार युवाहरूमा अलिकति भए पनि आशाको सञ्चार गराएको छ ।
- गंगा सापकोटा
एलिसाजी, मोडलिङमा जम्नुहोस् । (मोडल वाच : एलिसाको रहर, पुस ४) निरन्तरताले तपाइर्ंको सपना अवश्य पूरा हुनेछ ।
- राज मगर
यदि त्यो पुरुष हिम्मतिलो भए त छोराछोरी पाल्थ्यो होला नि । (हाम्रै नेपालमा : पत्नी अर्कैसँग लागेपछि, पुस ४) खासै आँट गरेको पाइएन ।
- कुमार मैनाली
साप्ताहिकमा समेटिने सामग्रीहरू मलाई उत्कृष्ट लाग्छन् । अझै राम्रो गर्नुहोला ।
- ओम जाग्री
गत साताको अनुभव स्तम्भमा आस्था राउतलाई नायिका भनिएको पाइयो । उनी नायिका हुन् कि गायिका ? अलि ध्यान दिनुपर्यो ।
- राजीव गुरुङ
साप्ताहिकका हरेक अंक छुटाउन मन लाग्दैन तर समयमै अनलाइनमा किन अपलोड गरिँदैन ?
- बिरु डुम्जान, खोटाङ
साप्ताहिक पहिले-पहिले खोजी पढ्न मन लाग्थ्यो, तर अहिले हामीजस्ता पाठकलाई समेट्न छाडेजस्तो लाग्यो । सबैलाई समेट्नुपर्यो ।
- प्रेम सिग्देल
एक जनाको महिनामा एकपटक मात्र टि्वट छापिनु उपयुक्त हुन्छ, दोहोरिनु भएन । सधैं एउटै मानिसको टि्वट पढ्नुपर्दा बोरिङ हुन थाल्यो, मजा लागेन ।
- सुदीप पौडेल