साप्ताहिक संवाददाता
कामुक महिलाहरूको यो सूचीको पहिलो स्थानमा हलिउड अभिनेत्री जेनिफर लरेन्स छिन् । गत वर्ष यो सूचीको २० औं स्थानमा रहेकी लरेन्सले यो वर्ष पहिलो स्थानमा कब्जा जमाएकी हुन् । सन् १९९०, १५ अगस्तमा जन्मिएकी लरेन्सलाई मानिसहरू उनले देखाउने उत्तेजक हाउभाउका साथै गम्भीर अभिनयका कारण चिन्छन् ।
मिसेल किगन
कामुक महिलाहरूको सूचीको दोस्रो स्थानमा बेलायती अभिनेत्री मिसेल किगन छिन् । कामुक महिलाहरूको यो सूचीमा मिसेल किगन गत वर्ष चौथो स्थानमा थिइन् । सन् १९८७, ३ जुनमा जन्मिएकी किगनलाई मानिसहरूले कोरोनेसन स्टि्रट टेलिशृङ्खलामा उनले गरेको अभिनयका कारण चिन्छन् ।
रिहान्ना
यो सूचीको तेस्रो स्थानमा रिहान्ना अर्थात् रोबिन रिहाना फेन्टी छिन् । सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहान्ना अहिलेकी हटकेक गायिका हुन् । आफ्ना उत्तेजक पहिरन एवं फेसनेबल केशका कारण सधैं चर्चामा आउने रिहान्ना मूलत: रेगी एवं हिपहप गायिका हुन् । सन् २००५ मा १७ वर्षकै उमेरदेखि गीत गाउन थालेकी रिहान्नालाई सन् २००७ को उनको एल्बम द न्यू इमेजले चर्चामा ल्याएको हो ।
एमिली राटाज्कोस्की
यो सूचीको चौथो स्थानमा पहिलोपटक देखापरेकी एमिली राटाज्कोस्की हलिउड नायिका तथा फेसन मोडल हुन् । सन् १९९१ जून ७ मा जन्मिएकी एमिली चलचित्र गोन गर्लमा गरेको अभिनयका कारण चर्चित भएकी हुन् । बेलायतमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएकी एमिलीले सर्वोत्कृष्ट अभिनयका लागि ओस्कर एवार्डसमेत जितिसकेकी छिन् ।
क्यारिल कुको
कामुक महिलाको सूचीको पाँचौं स्थानमा अमेरिकी टेलिभिजन कलाकार क्यारिल कुको छिन् । गतवर्ष उनी यो सूचीमा छैटौं स्थानमा थिइन् । कुको पारिवारिक टेलिशृङ्खलाहरूमा देखाउने आफ्नो हाउभाउका कारण चर्चामा आएकी हुन् । कुको अमेरिकाको क्यालिफोर्नियामा नोभेम्बर ३०, १९८५ मा जन्मिएकी हुन् ।
मिला कुनिस
गत वर्ष यो सूचीको पहिलो स्थानमा रहेकी मिला कुनिस यो वर्ष छैटौं स्थानमा झरेकी छिन् । उनी युक्राइनी मूलकी अमेरिकी चलचित्र कलाकार हुन् । मिलाले विभिन्न टेलिभिजन शो तथा विज्ञापनहरूमा पनि आफ्नो उपस्थिति जनाएकी छिन् । सन् १९८३ अगस्त १४ मा जन्मिएकी मिला कुनिस केही चलचित्रमा दिइएका यौनजन्य दृश्य तथा नग्नताका कारण चर्चामा आइरहन्छिन् ।
बियोन्स
कामुक महिलाको यो सूचीको सातौं स्थानमा अमेरिकी पप गायिका बियोन्स छिन् । बियोन्स गत वर्ष उन्नाइसौं स्थानमा थिइन् । बियोन्स गीत गाउनुका अतिरिक्त चलचित्रमा अभिनयसमेत गर्छिन् । स्टेजमा प्रस्तुत हुँदा दर्शकको मनोभावलाई पछ्याउँदै परिस्थितिअनुरुप प्रस्तुत हुन सक्ने क्षमताका कारण उनी लोकप्रिय छिन् ।
लुसी म्याक्लेनवर्ग
कामुक महिलाको सूचीको आठौं स्थानमा बेलायती मोडल तथा टेलिभिजन अभिनेत्री लुसी म्याक्लेनवर्ग छिन् । उनी यो सूचीमा पहिलोपटक देखापरेकी हुन्् । २४ वर्षीया लुसी म्याक्लेनवर्ग आफ्नो कामुक तथा उत्तेजक हाउभाउका कारण लोकप्रिय छिन् । लुसी आफ्ना निजी जीवन सार्वजनिक नगर्ने कलाकारका रूपमा समेत चर्चित छिन् ।
निकोल सर्जिङगर
कामुक महिलाको सूचीको नवौं स्थानमा अमेरिकी रेकर्डिङ आर्टिस्ट निकोल सर्जिङगर छिन् । उनी गत वर्ष यो सूचीको ५४ औं स्थानमा थिइन् । ३६ वर्षीया सर्जिङगरले पुसी क्याट डल्स, डेज अफ द न्यू, एडेन्स क्रस जस्ता सांगीतिक समूहमा रहेर काम गरिसकेकी छिन् ।
स्कारलेट जोहान्सन
कामुक महिलाहरूको सूचीको दसौं स्थानमा हलिउड अभिनेत्री स्कारलेट जोहान्सन छिन् । गत वर्ष यो सूचीको ४९ औं नम्बरमा रहेकी जोहान्सन कुनैबेला यही सूचीको पहिलो स्थानमा समेत थिइन् । लामो समयपछि पहिलो दसमा देखापरेकी जोहान्सन सन् १९८४, २२ नोभेम्बरमा जन्मिएकी हुन् । उनका थुप्रै चलचित्र चर्चित छन् ।