साप्ताहिक संवाददाता
ह्यारी स्टाइल्स
सूचीको पहिलो स्थानमा छन्- बेलायतका गायक ह्यारी स्टाइल्स । सन् १९९४ फेब्रुअरी १ मा जन्मिएका ह्यारी स्टाइल्सको आफ्नै सांगीतिक समूह 'वन डिरेक्सन' छ । ह्वाट मेक्स यु ब्युटिफुल, बेस्ट सङ इभर, किस यु, वन वे अर अनदर उनका सुप्रसिद्ध गीत हुन् । ह्यारी स्टेज पर्फमेन्सका लागि पनि कहलिएका छन् ।
क्रिस हेम्सवर्थ
अस्ट्रेलियाका चलचित्र कलाकार क्रिस हेम्सवर्थ कामुक पुरुषहरूको यो सूचीको दोस्रो स्थानमा छन् । 'द एभेन्जर' तथा 'थोर' सिरिजका चलचित्रबाट चर्चामा आएका हेम्सवर्थ अस्ट्रेलियन टेलिसिरियल 'होम एन्ड अवे' बाट चिनिएका हुन् । हेम्सवर्थ ११ अगस्त १९८३ मा जन्मिएका हुन् ।
टम हार्डी
बेलायतका अभिनेता टम हार्डी कामुक पुरुषहरूको यो सूचीको तेस्रो स्थानमा छन् । सन् १९७७ सेप्टेम्बर १५ मा जन्मिएका हार्डी स्टार टे्रेक सिरिजका चलचित्रबाट चिनिएका हुन् । उनका रक एन रोल, ब्रोस्नान, वारियर, टिंकर टेलर, सोल्डर स्पाइल आदि चलचित्र प्रसिद्ध छन् ।
टिनी टेम्पा
कामुक पुरुषहरूको यो सूचीको चौथो स्थानमा बेलायतका र्यापर टिनी टेम्पा छन् । दर्शकहरूको मनोविज्ञान बुझेर स्टेज प्रस्तुति दिनसक्ने गायकका रूपमा ख्याति कमाएका टेम्पा पहिलोपटक सन् २००५ मा चिनिएका हुन् । सन् १९८८ नोभेम्बर ७ मा जन्मिएका टेम्पाको डिस्क ओभेरी शीर्षकको एल्बम प्रसिद्ध छ ।
बेनेडिक्ट कम्बरब्याच
सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन् । सन् १९७६ जुलाई १९ मा जन्मिएका कम्बरब्याचले बीबीसीको टेलिभिजन सो सेरलकमा निर्वाह गरेको जासुस सेरलक होम्सको भूमिकाले तहल्का मच्चाएको थियो । सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ ।
काल्भिन ह्यारिस
सूचीको छैटौं स्थानमा स्कटल्यान्डका गायक तथा गीतकार काल्भिन ह्यारिस छन् । सन् १९८४ जनवरी १७ मा जन्मिएका ह्यारिसको आफ्नै फ्लाई आई रेकर्डस् नामक संगीत कम्पनी पनि छ । काल्भिन गीत गाउनुका अतिरिक्त डिजेइङसमेत गर्छन् । उनको वास्तविक नाम एडम रिचर्ड वाइल्स हो ।
ब्राड पिट
यो सूचीको सातौं स्थानमा हलिउड अभिनेता ब्राड पिट छन् । सन् १९६३ डिसेम्बर १८ मा जन्मिएका ब्राड पिट आफ्ना एक दर्जनभन्दा बढी चलचित्रका लागि प्रसिद्ध छन् । एन्जेलिना जोलीका श्रीमान्का रूपमा उनले संसारभरिका विभिन्न जातिका आधा दर्जनभन्दा बढी बालबालिकालाई धर्मपुत्र-पुत्रीका रूपमा स्वीकार गरेर समेतचर्चा पाएका छन् ।
जायन मलिक
कामुक पुरुषहरूको यो सूचीको ८ औं स्थानमा रहेका बेलायती संगीतकर्मी जायन मलिक आफ्नो सांगीतिक समूह वान डिरेक्सनका लागि कहलिएका छन् । उनी आफ्ना साथीहरू लुइस टमलिन्सन, ह्यारी स्टाइल्स, निल होरान तथा लियाम पाइनका साथ वर्ष २०१४ का लागि बिलबोर्ड आर्टिस्ट अफ द इयर पनि घोषित भएका छन् ।
ड्रेक
क्यानाडाका र्यापर, संगीतकार तथा गीतकार ड्रेक यो सूचीको नवौं स्थानमा छन् । २४ अक्टोबर १९८६ मा जन्मिएका ड्रेक कुनै बेला टेलिभिजन आर्टिस्टसमेत थिए । टेलिभिजनमा कार्यक्रम चलाउँदा चलाउँदै संगीतमा होमिएका ड्रेक यतिबेला अफ्रिकी बालबालिकाका लागि गरिने च्यारिटीका कारण समेत चिनिएका छन् ।
चार्ली हनाम
बेलायतका चलचित्र कलाकार तथा पटकथा लेखक चार्ली हनाम यो सूचीको १० औं स्थानमा छन् । १० अप्रिल १९८० मा जन्मिएका हनाम च्यानल-४ नामको टेलिभिजन च्यानलबाट प्रसारित हुने ड्रामाहरूमा गरिने अभिनयका लागि कहलिएका छन् ।