पुस ४ गते साप्ताहिकको ब्लोअपमा अरुणा योञ्जनले दिएको पोजलाई ५६ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा २९, सामान्य भन्नेमा ११ तथा मन परेन भन्नेमा ४ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन । साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट गोला प्रक्रियाका माध्यमबाट एक जना विजेता छनौट गरी तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४४८४३८८१ विजेता हुनुभएको छ ।