साप्ताहिक संवाददाता
वर्ष २०१४ मा किम कार्दशियनको सेक्सटेपले सबै रेकर्ड तोडेको छ । चर्चित अमेरिकी टेलिभिजन स्टार किमको सेक्स टेपलाई करिब १० करोड दर्शकले हेरिसकेका छन् । अहिलेसम्म यति संख्यामा कुनै पनि पोर्नभिडियो हेरिएको छैन । यो सेक्स टेपले किमको आम्दानीलाई अझ बढाएको छ । सेक्सटेपको माग बढेकैले उनले प्रत्येक साता ५० हजार डलर कमाउँछिन् । सन् २००७ मा लिक भएको उक्त सेक्सटेपमा किमका साथमा देखिएका पुरुष अमेरिकी गायक रेजे हुन् । यो पोर्न भिडियो रे र किमले सन् २००३ मा बनाएका थिए, जुनबेला रे र किम अफेयरमा थिए । सन् २००७ मा उक्त भिडियो लिक भएपछि औपचारिक रूपमा भिभिड इन्टरटेनमेन्टले त्यसलाई इन्टरनेटमा अपलोड गरेको थियो । किम यो वर्ष न्यूड फोटोसेसनका कारण पनि चर्चामा रहिन् ।
आइस बकेट च्यालेन्जमा न्यूड
हलिउडदेखि बलिउडका सेलिब्रेटीसम्म वर्ष २०१४ मा 'आइस बकेट च्यालेन्ज' मा सहभागी भए । न्यूड रहेर आइस बकेट च्यालेन्जमा सहभागी हुनेहरू पनि देखिए । रियालिटी सो बिगबोसमा देखिएकी सोफिया हयातले पनि न्यूड भएर आइस बकेट च्यालेन्ज सामना गरिन्, जसले पर्याप्त चर्चा पायो । बिगबोसमा विवादास्पद छवी बनाएकी सोफियाका नग्न तस्बिर वर्ष २०१४ मा भाइरल बनेका थिए ।
चीनमा बबाल
चीनमा एक सेक्स स्क्यान्डल सार्वजनिक भएपछि त्यसले चिनियाँ राजनीतिलाई नै प्रभावित तुल्यायो । एक युवतीले इन्टरनेटमा एक नेतामाथि आरोप लगाउँदै उनको तस्बिर राखेपछि यो कुरा बाहिरिएको थियो । युवतीले ती नेतासँग आफ्नो प्रेम सम्बन्ध रहेको खुलासा पनि गरेकी थिइन् । बेइजिङ न्युजका अनुसार हेनान प्रान्तका पिपुल्स कांग्रेस उपप्रमुख लुओ झियुयानसँगको अन्तरंग तस्बिर लि सान्सन नामकी एक युवतीले माइक्रोब्लगिङ साइट वेइबुमा अपलोड गरेकी थिइन् । युवती लिले नेता लुओसँग आफ्नो गहिरो सम्बन्ध रहेकाले पटक-पटक शारिरिक सम्बन्ध राखेको पनि बताइन् । नेता लुओले भने उक्त आरोप आफूलाई बदनाम गर्नका लागि मात्र भएको भन्दै आफ्नो बचाउ गरे ।
मोनिकाले खोलिन् रहस्य
१६ वर्षअघि विश्व हल्लाउने गरी चर्चामा आएको तत्कालीन अमेरिकी राष्ट्रप्रति बिल क्लिन्टन र मोनिका लेविन्स्की प्रकरण सेलाइसकेको अवस्थामा सन् २०१४ मा फेरि चर्चामा आयो । यो वर्ष टि्वटरको टे्रन्डिङ बनेकी मोनिकाले भ्यानिटी फेयरमा एक्सक्लुसिभ लेख लेख्दै उक्त प्रकरणलाई फेरी तानिन् । सन् १९९८ मा उक्त स्काण्डल मच्चिँदा मोनिका २४ वर्षकी थिइन् । लेखमार्फत मोनिकाले भनेकी छिन्- 'उक्त घटनामा राष्ट्रप्रति क्लिन्टनसँग जसरी विवाद चल्यो त्यसमा अहिले मलाई पश्चात्ताप भैरहेको छ, हामीबीच जे भएको थियो, आखिर त्यो सहमतिमै भएको थियो ।' मोनिकाले त्यतिबेला क्लिन्टनले रकम दिएर आफ्नो मुख बन्द गराएको भन्ने कुराको पनि खण्डन गरेकी छिन् । मोनिकाले लेखिन्- 'हो मेरो बोसले मबाट फाइदा उठाएका थिए, तर म सधैं यो कुरामा अडिग छु कि त्यो सहमतिमा भएको सम्बन्ध थियो । क्लिन्टनको शक्तिशाली पोजिसन जोगाउन मलाई प्रयोग गर्न थालिएपछि दुव्र्यव्यवहारका श्रृंखला सुरु भए ।' मोनिकाका अनुसार क्लिन्टन प्रशासन, छानबिन आयोग, दुवैतर्फको राजनैतिक स्वार्थ तथा मिडियाका कारण उनी प्रताडित भइन् । उनलाई ब्रान्ड बनाएर सत्ता शक्तिसँग भिडाइयो ।
बिना मल्लिक प्रकरण
मुस्लिम देश पाकिस्तानकी नागरिक भए पनि बिना मल्लिक त्यस्ती पात्र हुन्, जसले आफ्ना न्यूड तस्बिर सार्वजनिक गरिन् । त्यतिमात्र होइन, बिनाका अश्लील हाउभाउका भिडियो तथा फोटोग्राफी पनि सार्वजनिक भए । तिनै प्रकरणमा पाकिस्तानी अदालतले बिनालाई २६ वर्षको जेल सजाय सुनायो । बिनासँगै उनको अन्तर्वाता लिने जियो टेलिभिजनका मालिक मिर सकिलुर रहमानलाई पनि १३ लाख जरिवानासहित उक्त सजायको भागीदार बनाइयो ।
माइलीको नग्नता
हलिउड गायिका माइली साइरस चर्चामा आउन जुनसुकै हतकन्डा अपनाउँछिन् । वर्ष २०१४ मा एउटा म्युजिक भिडियोमा माइली न्यूड देखिइन् । रेकिङ बल शीर्षकको गीतको भिडियोमा उनी न्यूड रूपमा प्रस्तुत भएपछि चर्चासँगै थप आलोचित बन्न पुगिन् । माइली उक्त भिडियोमा नग्न मात्र थिइनन्, गीतका शब्द पनि उत्तेजक थिए । उनले गीतमार्फत सेक्स सम्बन्धी नकारात्मक सन्देश प्रवाह गर्न तथा युवतीहरूलाई उत्तेजित बनाउन खोजेको आरोप लाग्यो ।
श्वेता बसु प्रकरण
वर्ष २०१४ मा भारतीय अभिनेत्री श्वेता बसु वेश्यावृत्तिको अभियोगमा पक्राउ परिन् । हैदरावाद प्रहरीले एक होटलमा छापा मार्दा हाइप्रोफेसनल बिजनेसम्यानका साथमा उनलाई आपत्तिजनक अवस्थामा फेला पारिएको थियो । सुरुवातमा मौन रहेकी अभिनेत्रीले पछि समाचारको खण्डन गर्दै आफू निर्दोष भएको बताइन् । अदालतले पनि उनलाई निर्दोश मान्दै क्लिनचिट दिइसकेको छ । यद्यपि सुरुवातमा आएको समाचारअनुसार २३ वर्षीया श्वेताले आर्थिक समस्याका कारण वेश्यावृत्तिमा लाग्नुपरेको बताएकी थिइन् । हाल श्वेताले आफूलाई कहिल्यै आर्थिक समस्या नपरेको बताउँदै प्रहरीले एकाएक गिरफ्तार गरेर पुनस्र्थापना केन्द्रमा राखेको बताएकी छिन् । मिडियाका कारण आफ्नो बदनामी भएको उनको दाबी छ ।
सानो उमेरमै लेडि गागाको रेप
यही वर्ष पपगायिका लेडी गागाले १९ वर्षको उमेरमा आफू बलात्कारको सिकार भएको खुलासा गरेकी छिन् । एउटा रेडियो शोका क्रममा गागाले बलात्कारको पीडाकै कारण दुखित भएर स्वाइन शीर्षकको गीत लेखेको बताएकी थिइन् । २८ वर्षीया गागाले अन्तर्वार्ताका क्रममा उक्त घटना सम्भ“mदै त्यो एकदमै डरलाग्दो अनुभव भएको बताइन् ।
समलिंगी मलेसियन नेता
वर्ष २०१४ मा मलेसियाका विपक्षी दलका नेता अनवर इब्राहिमलाई समलिंगी सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरिएको छ । यो फैसलाले अनवरको राजनैतिक करियरलाई प्रभावित तुल्याएको बीबीसीले जनाएको छ । अनवरले पुरुष सहयोगीसँग निरन्तर शारीरिक सम्बन्ध राख्दै आएका थिए । ६६ वर्षीय अनवर यसअघि पनि यस्तै विवादमा तानिएका थिए । उनी समलिंगी व्यवहारका कारण निगरानीमा पनि थिए । अनवरलाई ५ वर्ष कैद सजाय तोकिएको छ । मुस्लिम बहुल मलेसियामा समलिंगी सम्बन्धलाई गैरकानुनी मानिन्छ ।
कोस्बीमाथि आरोप
एक वेबसाइटका अनुसार यो वर्षको चर्चित सेक्स स्क्यान्डल्सको सिकार बने अमेरिकन स्टान्डअप कमेडी स्टार बिल कोस्बी । ७७ वर्षीय कोस्बीमाथी २७ जना महिलाले एकसाथ यौनशोषणको आरोप लगाएका थिए । चर्चित टेलिभिजन सो 'कस्बी सो' का सञ्चालक बिलले ड्रग्सको सहयोगमा ती महिलाको यौनशोषण गरेका थिए । यो आरोप अदालतसम्म पुगे पनि त्यसको पुष्टि भने भैसकेको छैन । स्वयं कस्बीले आफू निर्दोष भएको दाबी गरेका छन् । महिलाहरूले मिडियामा संयुक्त रूपमा कोस्बीमार्फत यौनहिंसाको सिकार भएको बताएका छन् ।
स्टेफन कोलिन्स पनि मुछिए
सेभेन्थ हेभन चलचित्रमा पादरीको भूमिका निर्वाह गरेका हलिउड अभिनेता स्टेफन कोलिन्सको सेक्स स्क्यान्डलले वातावरण अझ गर्मायो । तीन नाबालक बालिकासँग गरेको यौनसम्पर्कको खुलासा गर्दै न्युयोर्क सिटी पुलिसले उनीमाथि अनुसन्धान भैरहेको बताएको थियो । कोलिन्सले उनकी जेठी श्रीमतीको छिमेकमा बस्ने ११ वर्षीया बालिका तथा न्युयोर्कका १२ र १३ वर्षीया बालिकासँग यौनसम्बन्ध राखेको प्रमाण पाइएको प्रहरीले जनाएको छ । कोलिन्सले उक्त आरोप स्वीकार गरिसकेका छन् ।
यसै वर्ष सेलिब्रेटीहरू जेनिफर लरेन्स, स्कारलेट जोहान्सन, किम कार्दशियन तथा केट अप्टनका दर्जनौं नग्न तस्बिर ह्याकर्सहरूका कारण लिक भए । सेप्टेम्बरमा भएको यो घटनालाई सेक्स स्क्यान्डल नमान्न आग्रह गर्दै त्यसलाई यी सेलिब्रेटीले सेक्स अपराधको संज्ञा दिए । सार्वजनिक भएका ती तस्बिर धेरै हदसम्म आपत्तिजनक एवं यौन क्रियाकलापमा लिप्त पोजिसनका थिए । सेप्टेम्बरको उक्त घटनापछि जेनिफर लरेन्सले एक कार्यक्रममा भनिन्— व्यक्तिगत प्रयोजनका ती तस्बिर सार्वजनिक हुनु एकदमै घृणित एवं यौन हिंसाको उदाहरण हुन् । उनले अपराधको यो श्रृंखला रोक्न कानुन परिवर्तनको मागसमेत गरिन् ।
निर्देशकमाथि यौनशोषणको आरोप
अप्रिल २०१४ मा अभिनेता एवं मोडल माइकल एगान थर्डले चलचित्र एक्समेनका निर्देशक ब्रायन सिंगरले आफूलाई यौनिक क्रियाकलापमा संलग्न गराउन चाहेको बताए । सन् १९९९ को उक्त घटनाका बेला माइकल १७ वर्षका मात्र थिए । निर्देशक ब्रायनले उक्त कुराको जोडदार खन्डन गरेपछि अभिनेता माइकलले आफ्नो आरोप फिर्ता लिएका थिए । यस्तै अर्का एक बि्रटिस अभिनेताले पनि निर्देशक ब्रायन तथा निर्माता ग्यारी गोदार्डविरुद्ध आफू नाबालक रहेको अवस्थामा यौन हिंसा गरेको आरोप लगाएका थिए । वर्ष २०१४ कै उक्त घटनाका आरोपकर्ताले पनि पछि आफ्नो मुद्दा फिर्ता लिए ।
डा. माथि दुव्र्यवहारको आरोप
अक्टोबरमा गायिका केशाले विगत केही वर्षयता निर्माता डाक्टर ल्युकले सेक्सुअल्ली तथा मेन्टल्ली दुव्र्यव्यवहार गर्दै आएको आरोप लगाइन् । उनले आफूलाई यो वर्षको प्रारम्भिक २ महिना पुनस्र्थापना केन्द्रमा जबर्जस्ती राख्ने काम पनि ल्युकले नै गरेको दाबी गरिन् । गायिकाले पटक पटकको यौन दुव्र्यवहार खप्न नसकेर बोल्न बाध्य भएको बताए पनि निर्माता ल्युकले भने केशाविरुद्ध फिरौती चाहेको आरोप लगाए । ल्युकका अनुसार १८ वर्षको उमेरमा गायिकाले गरेको अनुबन्ध बाहिर जान उनले उक्त नाटक रचेकी हुन् ।
र अन्त्यमा...
दक्षिण अफ्रिकाका राष्ट्रप्रति ज्याकोव जुमाले एक दशकअघि आफ्नी श्रीमतीलाई अपराधीहरूले बलात्कार गरेको खुलासा गरे । ग्रामीण भेगको घरमा अपराधीहरू प्रवेश गर्दै उनकी श्रीमतीविरुद्ध यौनहिंसा गरेका थिए । ती अपराधीहरू पछि पक्राउ परेको र अभियोगमा दोषी प्रमाणित भएको ज्याकोबले बताए । ज्याकोबकी श्रीमती बलात्कृत भएको उक्त घटनाका सम्बन्धमा सारा विश्व अनभिज्ञ थियो । क्वाजुलु नाटाल प्रान्तस्थित एनकान्ड्लामा भएको उक्त घटनाका बेला ज्याकोबका चारवटी श्रीमती थिए ।