दर्शकलाई नचाउन र मनोरञ्जन प्रदान गर्न राष्ट्रिय स्तरका चर्चित एवं पाका कलाकार नै चाहिन्छ भन्ने छैन । शनिबार बुटवलको गि्रन भ्याली पार्टी प्यालेसमा सम्पन्न बागेश्वरी म्युजिकल कन्सर्टमा सानै उमेरका स्थानीय कलाकारले सहभागी दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरे । गायक एवं संगीत प्रशिक्षक प्रेम नेपालीकी आमा मनमाया नेपालीको क्यान्सर रोग उपचारमा सहयोगार्थ आयोजित कन्सर्टमा स्थानीय पप गायक वसन्त श्रेष्ठले आफ्नो चर्चित गीत गाएर सहभागीहरूलाई उफारे । बालगायक संगीत पौडेलका साथै बागेश्वरीकै कोमल थापा, सुस्मिता खड्गी, शिवांगी गुरुङ, प्रिया थापा र सन्तोष राना तथा स्थानीय ब्यान्डहरू ब्ल्याक डायमन्ड, नेचर र वसन्त एण्ड द क्रुले नेपाली, हिन्दी एवं अंग्रेजी गीत गाएर सहभागी संगीतपारखीहरूलाई पर्याप्त मनोरञ्जन दिए । कन्सर्टमा विकास थापा, कृदिप बेल्बासे, अमरदास गुप्ता, आरुष ज्ञवाली, मनिष खान, विवेक क्षेत्री तथा अजय कार्की पनि प्रस्तुत भएका थिए ।