साप्ताहिक संवाददाता
गुची : गत वर्षझैं यो वर्ष पनि विश्वको सबैभन्दा महँगो क्लोदिङ ब्रान्डकोसूचीको पहिलो स्थानमाछ- गुची । सन् १९२१ मा गुचियो गुचीद्वारा स्थापित यो ब्रान्ड सबैभन्दा बढी बिक्री हुने इटालियन ब्रान्ड हो । हाल विश्वभरि यो ब्रान्डका२ सय७५ वटा स्टोर सञ्चालनमा छन् । विश्वप्रसिद्ध सेलिब्रेटी तथा संसारका धनाढ्य व्यक्तिहरूको फेसन तथा स्टाइलको महत्वपूर्ण पक्ष एवं पहिलो रोजाइभएका कारण यो ब्रान्ड संसारकै सबैभन्दा महँगो क्लोदिङ ब्रान्डका रूपमा स्थापित भएको हो ।
डोल्सी एन्ड गब्बाना : यो ब्रान्ड सन् २०१४ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको सूचीको दोस्रो स्थानमा उक्लिएको छ । १९८० ताका फेसन बजारमा देखा परेको यो ब्रान्डले सुरु-सुरुमा वुमन क्लोदिङबाट आफ्नो परिचय बनाएको थियो । विस्तारै यो ब्रान्ड स्वीमसूट र अन्डर गार्मेन्टका लागि परिचित हुँदै गयो । हाल डी एन्ड जी लेबलअन्तर्गत यो ब्रान्डका क्याजुयल वेयर पनि फेसन बजारमा उपलब्ध छन् ।
च्यानल : रेडी टु वेयर तथा लक्जरी गुड्समा हाइ फेसन ब्रान्डका रूपमा परिचित नाम हो- च्यानल । च्यानल ब्रान्ड अन्तर्गत स्टाइल वेयरमा लिटिल ब्ल्याक ड्रेस तथा पर्फ्युममा च्यानल नम्बर फाइभ निकै लोकप्रिय छ । वर्ष-२०१४ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको सूचीको तेस्रो स्थानमा रहेको यो ब्रान्ड गत वर्ष दोस्रो स्थानमा थियो ।
अर्मानी : महँगा क्लोदिङ ब्रान्ड अफ द इयर-२०१४ को सूचीको चौथो स्थानमा उक्लिएको छ अर्मानी ब्रान्ड, जसअन्तर्गत रेडी टु वेयर,छालाका सामानहरू, फुटवेयर, घडी, ज्वलेरी, एक्सेसरिज, चश्मा, कस्मेटिक्स देखि आन्तरिक सजावटका सामग्रीहरूसमेत उपलब्ध छन् । यो ब्रान्डलाई सामाजिक प्रतिष्ठासँग पनि जोडिन्छ ।
प्राडा : सन् १९१३ मा स्थापना भएको प्राडा इटालियन फेसन लेबल हो, जसलाई मारियो प्राडाले प्रारम्भ गरेका थिए । सिम्लीसिटी, ड्युरेबिलिटी तथा कटिङ एज डिजाइनका लागि ख्याति प्राप्त यो ब्रान्ड मूलत: छालाका सामानहरूमा केन्दि्रत छ । महँगा क्लोदिङ ब्रान्डको सूचीमा गत वर्ष भन्दा एक स्थान तल झरेको प्राडा यस पटक पाँचौं स्थानमा छ ।
भर्साची : जियानी भर्साचीद्वारा स्थापित यो इटालियन फेसन कम्पनीसन् १९७८ देखि अस्तित्वमा छ । यो ब्रान्डअन्तर्गत क्लोदिङ, एक्सेसरिज तथा मेकअपका रेन्जहरू उपलब्ध छन् । यो ब्रान्ड महिला तथा पुरुषहरूको मेकअप एक्सेसरिजका लागि पनि लोकप्रिय छ । भर्साची गत वर्षझैं यो वर्ष पनि यो सूचीको छैटौं स्थानमा छ ।
डिओर : डिजाइनर क्रिस्टियन डिओरको ब्रान्ड डिओर सबैभन्दा महँगो फेसन ब्रान्डको सूचीको सातौं स्थानमा छ । गत वर्ष पनि यो ब्रान्डसातौं स्थानमै थियो । सन् १९४६मा स्थापना भएको यो ब्रान्ड अन्तर्गत रेडि टू वेयर, लेदर वेयर, फेसन एक्सेसरिज, फुटवेयर, ज्वलेरी, घडी, पर्फ्युम, मेकअप तथा स्कीन केयर रेन्ज उपलब्ध छन् ।
फेन्डी : महँगा क्लोदिङ ब्रान्डको सूचीमा गत वर्ष दसौं स्थानमा रहेको फेन्डी यस पटक आठौं स्थानमा उक्लिएको छ । फेन्डी इटालियन ब्रान्ड हो जुन एडेली फेन्डी तथा इडोआरडोेको नाममा छ । फेन्डी विशेषत: ह्यान्ड ब्यागका लागि परिचित छ । सन् १९२५ देखि बजारमा आएको यो ब्रान्डअन्तर्गत अहिले ह्यान्डब्याग बाहेक विभिन्न सुगन्ध, आई वेयर, घडी आदि पनि उपलब्ध छन् । फेन्डीअन्तर्गत महिला तथा पुरुषका लागि रेडी टु वेयर रेन्ज पनि खरिद गर्न सकिन्छ ।
गोस : महँगा क्लोदिङ ब्रान्डअन्तर्गत यो एकमात्र अमेरिकी ब्रान्ड हो । गोस गत वर्षझैं यो वर्ष पनि यो सूचीको नवौं स्थानमा छ । डेनिम जिन्सका लागि सर्वाधिक चर्चित गोसले सन् १९८१ देखि आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो ब्रान्डअन्तर्गत युवा युवतीका लागि फेसन वेयर बाहेक घडी, ज्वेलरी तथा पर्फ्युम आदि पनि उपलब्ध छ ।
भ्यालेन्टिनो : मिलानमा हेडक्वार्टर रहेको भ्यालेन्टिनो १९५९ देखि देखा परेको ब्रान्ड हो । अन्तर्राष्ट्रिय स्तरमा भने यसले १९६२ पछि आफ्नो पहिचान बनाउन थालेको हो । सन् १९६७ मा यो ब्रान्डको थालनीकर्ताले निइम्यान मारकस एवार्ड प्राप्त गरेपछि यो विश्वभरिका सेलिब्रेटीहरूको प्रिय हुन थाल्यो । आगा खान, एलिजावेथ टेलर तथा ज्याकलिन केनेडी ओनासीस समेतले रुचाएको ब्रान्डका रूपमा यसको परिचय बनेको थियो । यो ब्रान्ड वर्ष २०१४ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको सूचीको दसौं स्थानमा छ ।