साप्ताहिक संवाददाता
डचेन क्रोज : डच पावर हाउसका रूपमा परिचित २९ वर्षीया डचेन क्रोजले यो वर्ष ८० लाख डलर कमाइन् । लोरियल कस्मेटिक्स् तथा एच एन्ड एमको क्याटलग फिचर, एमिलो तथा मिउ मिउजस्ता ब्रान्डसित आबद्ध डचेन क्याल्भिन क्लाइनकोसुगन्धको नयाँ रेन्जका लागि पनि ब्रान्ड एम्बेसडर हुन् ।
एडि्रयाना लिमा : सन् २००० देखि नै विश्व प्रसिद्ध लिङगेरी ब्रान्ड भिक्टोरियाज् सिक्रेट एन्जेल बन्न सफल लिमाको यात्राले यो वर्ष पनि निरन्तरता प्राप्त गर्यो । ३३ वर्षीया यी सुपर मोडलको कमाइ यो वर्ष ८० लाख अमेरिकी डलर रह्यो । सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा उनी डचेन क्रोजसँगै संयुक्त रूपमा दोस्रो स्थानमा छिन् । डिजिगुयल ब्रान्डको ब्रान्ड एम्बेसडर तथा मेबिलिन कस्मेटिक ब्रान्डका लागि उनी यो वर्ष नयाँ मुहारका रूपमा देखिइन् । लिमा यस पटक टर्कीको भिट हेयर रिमुवल क्रिमका लागि पनि ब्रान्ड मोडल नियुक्त भइन् ।
केट मोस : उमेरले ४० नाघे पनि केट मोसको लोकप्रियतामा कमी आएको छैन । गत वर्षको भन्दा यो वर्ष उनको कमाइ थोरै घटेको भए पनि सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा केट मोसको नाम अग्र स्थानमै कायम छ । यो वर्ष लग्जरी ज्वेलरी डेभिड युर्मानको ब्रान्ड मोडल बन्न सफल केट मोसको यो वर्षको कमाइमा सेन्ट ट्रोपेज नामक सेल्फ ट्यान तथा केरास्टेस नामक हेयर केयर प्रोडक्टससँगको आबद्धता मुख्य कारक भएको छ ।
केट अप्टन : फोब्र्स पत्रिकाकोसर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा पहिलो पटक स्थान पाएकी केट अप्टन यो वर्ष स्पोर्ट्स इलस्टे्रटेड म्यागाजिनको स्वीमसुट संस्करणको कभर पेजमा देखा पर्न सफल भइन् । बबी ब्राउन कस्मेटिक्ससितको आबद्धता, हाई फेसन सुटका लागि चयनमा पर्नु, एक्सप्रेस क्लोदिङसितको सम्झौता, स्याम इडेल्मेन, डेभिड युर्मान जस्ता ब्रान्डसितको संलग्नताले २२ वर्षीया यी मोडललाई आर्थिक उपार्जनमा निकै साथ दियो । यही वर्ष उनी चलचित्र द अदर वुमनमार्फत हलिउडको रंगिन संसारमा देखा परिन् ।
मिरान्डा केर : ७० लाख अमेरिकी डलर कमाइसँगै अस्ट्रेलियन सुन्दरी मिरान्डा केर यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको सूचीमा केट मोस र केट अप्टनसँगै संयुक्त रूपमा चौथोस्थानमा छिन् । भिक्टोरिया सिक्रेटसँग निरन्तरता नरहे पनि मिरान्डाको नयाँ सम्झौता वन्डरब्रासित भएको छ । मिरान्डा म्याङगो, सपस्टाइल, रिबोक, स्वारोस्की आदि ब्रान्डसँग आबद्ध छिन् ।
लिउ वेन : यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको सूचीमा चिनियाँ सुपर मोडल लिउ वेन ७० लाख अमेरिकी डलर कमाइ सहित संयुक्त रूपमा चौथो स्थानमा छिन् । भिक्टोरियाज सिक्रेट फेसन शोमा क्याटवाक गर्ने २६ वर्षीया चिनियाँ मोडललिउले यो वर्ष एच एन्ड एम, एस्टी लाउडर, क्याल्भिन क्लाइन जस्ता विश्व प्रसिद्ध ब्रान्डहरूसितको आबद्धताबाट सर्वाधिक कमाइ गरिन् । यस पटक उनको मोडलिङ खातामा ला पर्ला, टोरी बर्च तथा लेन क्रफोर्डजस्ता नाम पनि थपिएका छन् ।
एलेक्जान्ड्रा
अम्ब्रोसियो : ३३ वर्षीया ब्राजिलियन मोडल एलेक्जान्ड्रा अम्ब्रोसियोको यो वर्षको कमाइ ५० लाख डलर पुग्यो । भिक्टोरियाज सिक्रेटकीयी मोडलको कमाइमा यो वर्ष पिन्को तथा एच एन्ड एम ब्रान्डसितको सम्झौता पनि थपिएको छ । अम्ब्रेसियो वर्ष २०१४ मा सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको आठौं स्थानमा छिन् ।
हिलारी रोडा
भिक्टोरिया सिक्रेट तथा राल्फ लोरनजस्ता ब्रान्डका शोहरूमा नछुट्ने हिलारी रोडाको नाम यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको सूचीमा अम्ब्रेसियोसँगैसंयुक्त रूपमा आठौं स्थानमा छ । गत वर्ष ४० लाख अमेरिकी डलर कमाइ गरेकी रोडा यो वर्ष ५० लाख अमेरिकी डलर आर्जन गर्न सफल भइन् । उनी कस्मेटिक ब्रान्ड इस्टी लाउडर बाहेक टोटेमी, सरार तथा हेल्मट लाङजस्ता नामसँग पनि आबद्ध छिन् ।
नटालिया
भोडियानोभा : ३२ वर्षीया रुसी मोडल नटालियाको नामसन् २०१४ मा सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको दसौं स्थानमा छ । क्याल्भिन क्लाइनको युफोरिया ब्रान्डको सुगन्धका साथै गुअरलेन कस्मेटिक्ससितको सम्झौताले नटालियालाई अत्याधिक आर्थिक लाभ प्रदान गरेको छ । त्यसबाहेक युरोपियन लिङ्गेरी ब्रान्ड इस्टाममा पनि उनको संलग्नता छ ।