साप्ताहिक संवाददाता
बि्रटिस फेसन एवार्डस अन्तर्राष्ट्रिय फेसन जगत्मा बि्रटिस फेसन डिजाइनर, सर्जक एवं मोडलहरूको प्रभाव एवं योगदानको कदर गर्दै हरेक वर्ष प्रदान गरिने बि्रटिस फेसन एवाडर््स सन् १९८९ देखि प्रदान गरिँदै आएको छ ।
विभिन्न विधामा प्रदान गरिंदै आएको बि्रटिस फेसन एवाडर््सअन्तर्गत वर्ष-२०१४मा इमर्जिङ वुमेन्स वेयर डिजाइनर विधामा माक्विर्स अल्मिडाले बाजी मारिन् भने इमर्जिङ मेन्स डिजाइनरतर्फ क्रेग ग्रीन विजेता बने । यसैगरी इमर्जिङ एक्सेसरी डिजाइनरका रूपमा प्रिज्म एवार्ड थाप्न सफल भए । बि्रटिस डिजाइनरलाई प्रदान गरिने रेड कार्पेट डिजाइनर एवार्डयस पटक अलेक्जेन्डर म्याक्वीनको नाममा दर्ता भयो । बि्रटिस मोडललाई दिइने मोडल विधाको एवार्ड कारा डेलेभिङ्नेलाई प्रदान गरियो भने विगत ६ दशकदेखि फेसन जगत्मा योगदान पेर्याउँदै आएका क्रिस मुरलाई विशेष सम्मान गरियो ।
बि्रटिस फेसन एवार्डस २०१४ का अन्य विधामा इसाबेला ब्लो एवार्ड फर फेसन सेन्टरका लागि एडवार्ड इनिङफुलविजयी भए । गैर बि्रटिस डिजाइनरलाई प्रदान गरिने इन्टरनेसनल डिजाइनरको एवार्ड भने लुइस भिट्टन ब्रान्डका लागि निकोलस जेस्क्वेरीलाई प्रदान गरियो । अभूतपूर्व उपलब्धि र योगदानका लागि आउटस्ट्यान्डिङ अचिभ्मेन्ट एवार्डअना विन्टुरले प्राप्त गरे । अत्यन्त सिर्जनात्मक र डायनामिक कृतिका लागि लुइस भिटनलाई क्रिएटिभ क्याम्पियनको एवार्ड प्रदान गरियो । यसैगरी न्यू इस्टाब्लिसमेन्ट डिजाइनरका रूपमा सिमोन रोचा, लोकप्रिय डिजाइनर ब्रान्डका लागि भिक्टोरिया बेक्हमलाई एवार्ड दिइयो । आफ्नो पहिरनशैली र स्टाइलबाट अन्तर्राष्ट्रिय प्रभाव बढाउन सफल भएकोमा एमा वाट्सनलाई बि्रटिस स्टाइल एवार्डबाट सम्मानित गरियो । जुत्ता, ज्वेलरीजस्ता एक्सेसरिजको डिजाइनबाट लोकप्रियता हासिल गर्न सफल बि्रटिस डिजाइनर एन्या हिन्डमार्कलाई एसेसरिज डिजाइनर एवार्ड प्रदान गरियो । यसैगरी मेन्स वेयर डिजाइनरतर्फ जे डब्लू एन्डर्सन र वुमेन्स वेयर डिजाइनरतर्फ अर्डम पुरस्कृत भए ।
सिएफडिए फेसन एवार्डस काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिका अर्थात् सिएफडिए, एलिनर लाम्बर्टले सन् १९६२ मा स्थापना गरेका हुन् । लाम्बर्टप्रति समर्पित गर्दै सन् २००१ देखि सिएफडिए फेसन एवाडर््स प्रदान गर्न थालिएको हो ।
वर्ष २०१४ को सिएफडिए फेसन एवार्ड्स अन्तर्गतको वुमेन्स वेयर डिजाइनर अफ द इयरका रूपमा जोसेफ एल्टुजारा पुरस्कृत भए । मेन्स्वेयर डिजाइनर अफ द इयर विधामा डिजाइनरद्वय म्याक्सवेल ओबोर्न र डाओ यी चाओ पुरस्कृत भए । डिजाइनरद्वय म्यारी केट र एस्ली ओल्सनले एसेसरिज डिजाइनर अफ द इयरको एवार्ड प्राप्त गरे । डिजाइनरद्वय सेन गाबियर र क्रिस्टोफर पिटर्सले स्वारोस्की एवार्ड फोर वुमेन्स वेयरको एवार्ड जिते भने स्वारोक्सी एवार्ड फोर मेन्सवेयरमा टिम कोपेन्स तथा स्वारोस्की एवार्ड फोर एसेसरिज डिजाइनका लागि इरेन न्युवर्थ विजेताघोषित भए ।
सिएफडिए फेसन एवार्ड्स- २०१४ मा जियोफ्री बिनलाई लाइफटाइम अचिभमेन्ट एवार्ड टम फोर्डलाई प्रदान गरियो भने मिडिया एवार्डबाट पल काभाको सम्मानित भए । फाउन्डर्स एवार्ड बेथान हार्डिसनको हकमा गयो भने बोर्ड अफ डाइरेक्टर्स टि्रब्युट एवार्डबाट रुठ फिन्ले सम्मानीत भए । राफ साइमोन्स इन्टरनेसनल एवार्डबाट पुरस्कृत भए । फेसन आइकन एवार्डतर्फ गायिका रिहान्ना पुरस्कृत भइन् ।