साप्ताहिक संवाददाता
दुई : पप कल्चरका दुई जना चर्चित स्टार किम कादर्शियन र कान्या वेस्ट यसै वर्षको मे २४ तारिखमा विवाह बन्धनमा बाँधिए । अत्यन्त सानदार र तडकभडकपूर्ण तरिकाले गरिएको उक्त विवाह समारोह इटालीको फ्लोरेन्समा सम्पन्न भएको थियो, जसमा झन्डै १५ मिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ ।
तीन : आफ्नो पहिरन शैलीका लागि किम कादर्शियन मात्र नभै उनकी १९ वर्षीया बहिनी केन्डल जेनर पनि यो वर्ष फेसन जगत्को मोस्ट डिमान्डेड मोेडलमा दरिन सफल भइन् । केन्डलले यो वर्ष अनेकन् फेसन शोको र्याम्प मात्र नभई च्यानलको फेसन शोको रनवे पनि तताइन् । उनी एस्टी लाउडरको ग्लोबल फेसका रूपमा पनि देखा परिन् ।
चार : कार्ल ल्यागरफिल्डलाई उनको फेसन सिर्जनाका लागि त चिनिन्छ नै यो वर्ष उनी आफ्नो सिर्जना अर्को स्थानमा पनि प्रयोग गर्न सफल भए । उनले पेरिस फेसन विक ताका ग्रान्ड पेलाइसमा च्यानल शपिङ सेन्टर सुरुवात गरेर सबैलाई चकित बनाइदिए । यो सुपरमार्केटमा सपिङ गर्न सुपरमोडलहरूको निकै चहलपहल देखिएको थियो । यो चहलपहल नै उनको फेसन शो थियो, जसले फेसन र सपिङको समायोजनमा रनवेलाई नयाँ लुक दिएको थियो ।
पाँच : वर्ष २०१४ मा अनेकन् फेसन शैली देखा परे । तीमध्ये पनि वेयरेबल टेक शैली पृथक् रह्यो । प्रविधिको संसार र फेसन जगत्को सहकार्यले यो शैलीलाई साकाररूप दियो, जसमा डियाने भोन फस्र्टनबर्ग र गुगलको सहकार्यबाट तयार भएको अन ट्रेन्ड एवं रिटेल फ्रेन्डली फ्रेम्स लोकप्रिय रहे । यसलाई गुगल ग्लास पछिको चर्चित उत्पादन पनि मानियो ।
छ : यो वर्ष फेसन संसारमा नर्मकोर शैलीको पनि प्रभाव रह्यो । आफ्नो पहिरनशैलीबाट अरुमाझ भिन्न नदेखाउने शैलीलाई नर्मकोर शैली मानिएको छ । त्यसो त यो अनफेसनेबल होइन तर आफूलाई मात्र पहिरनबाट भिंडभन्दा अलग देखाउने भन्दा भिंडकै सदस्यका रुपमा आफूलाई नर्मल देखाउने उपायलाई नर्मकोर मानिएको छ । नर्मकोर ट्रेन्डलाई फेसनमा हुँदै गएको अनेकन् परिवर्तन र प्रयोगका कारण फेसन नै स्याचुरेसनमा जान सक्ने संभावनालाई ध्यानमा राखेर सक्दो नर्मल शैली अँगाल्ने उपाय भनिएको छ ।
सात : यो वर्ष सबैभन्दा ठूलो कम्ब्याक क्लासिक एडिडास स्टान स्मिथ सुज मानिएको छ । द मिनिमल व्हाइट लेदर जुक्ताका रूपमा चिनिएको यो फुटवेयरको कम्ब्याकलाई गायिका टेलर स्विफ्टको यो वर्ष झांगिएको लोकप्रियतासित पनि तुलना गरिएको छ ।
आठ : यो वर्ष सिएफडिए फेसन एवार्ड्सको रेड कार्पेटमा देखिएकी रिहान्नाको पहिरन वर्षकै सबैभन्दा ठूलो फेसन खबर मानियो । २ लाख भन्दा बढी स्वोरोस्की क्रिस्टल जडित पूर्ण रूपमा शियर ड्रेस लगाएकी रिहान्ना यो स्टाइलमा पूर्ण रुपमा पारदर्शी भएर झन्डै नग्न अवस्थाको जस्तै देखिएकी थिइन् । यो पहिरनका लागि रिहान्नाले स्वोरोस्की क्रिस्टल गर्ल, मोर्डन मर्मेड आदिको उपनाम समेत पाइन् । एडाम सेलम्यानको यो शियर गाउनको डिजाइनले प्रशंसा पाए पनि रिहान्नाले उक्त पहिरनबाट निकै आलोचना खेप्नुपर्यो ।
नौ : यस वर्षको एमटिभी भिडियो म्युजिक एवार्डको रेड कार्पेटमा देखिएका क्याटी पेरी तथा र्यापर रिफ राफको ड्रेस अप दुरुस्तै सन् २००१ को अमेरिकन म्युजिक एवार्डमा बि्रट्नी स्पेयर्स र जस्टिन टिम्बरलेकको जोडीको जस्तै थियो । हुनत क्याटीले आफ्नो पहिरनलाई बि्रट्नीप्रति टि्रब्युट भएको उल्लेख गरिन् तर उनी कपी क्याटको ट्यागबाट जोगिन भने सकिनन् । उक्त पहिरनका लागि क्याटी र रिफ दुवैको नकारात्मक टिप्पणी पनि भयो ।
दस: आफ्नो क्लासिक रेड कार्पेट लुक लागि यो वर्ष चर्चा कमाएकी अभिनेत्री लुपिटा न्युङ ओलाई यो पुस्ताको अडि्र हेपबर्नका रूपमा चिनाइएको छ । भोग म्यागाजिनको कभरमा समेत देखा परेकी एकाडेमी अवार्ड विजेता लुपिटा प्राय:जसो बोल्ड कलरका मिउ मि, च्यानल, गुसी, भ्यालेन्टीनो, डियोर जस्ता ब्रान्डका पहिरनमा सबैलाई आकषिर्त गर्न सफल देखिइन् ।