गिटारवादनमा आधारित प्रतियोगिता गिटार म्यास्ट्रोको तेस्रो संस्करणमा कीर्तिपुरका गिटारिस्ट उपेन्द्र महर्जन विजयी भएका छन् । गिटार म्यास्ट्रो प्रालिले आयोजना गरेको उक्त प्रतियोगितामा विजेता महर्जनले नगद १ लाख रुपैयाँका साथै एउटा गिटार उपहार प्राप्त गरे । गोकर्ण रिसोर्टमा सम्पन्न प्रतियोगितामा भारतीय गिटारिस्ट बाइजु धर्मन, स्वदेशी संगीतकर्मीहरू गौरव शर्मा, अनिल शाही, शरद श्रेष्ठ, श्याम के शाही तथा सुदिप रिजाल निर्णायक थिए ।