पुस ७ गते प्रारम्भ भएको प्रदर्शनीमा आधुनिकतर्फका रामकृष्ण ढकाल, रूपक डोटेल, रामचन्द्र काफ्ले, जुनु रिजाल तथा सनुप पौडेलले दर्शकलाई झुमाए भने लोकदोहोरीका पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, चन्द्र शर्मा, बद्री पंगेनी, पशुपति शर्मा, देवी घर्ती, टीका पुन, पूर्णकला बीसी तथा कृष्णा गुरुङले लोकसंगीतपारखीहरूलाई नचाए । त्यस्तै मनोज गजुरेल, रोहित कार्की तथा विष्णुजी पाण्डेले दर्शकहरूलाई हँसाउने काम गरे ।
पुस २१ गतेसम्म चल्ने प्रदर्शनीमा नवीन पौडेल, कृष्ण देवकोटा, शिरीष देवकोटा, खुमन अधिकारी, मञ्जु पौडेल, रामजी खांण, हेमन्त शर्मा, मल्लिका कार्की, शिव परियार, पुश्कल शर्मा आदि कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र कार्कीले बताए । यस्तै राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा विभिन्न जिल्लाका दोहोरी गायक-गायिकाको प्रतिस्पर्धात्मक दोहोरी, आरसीआई ट्यालेन्ट हन्टका प्रतियोगीहरूको नृत्य, अभिनय एवं क्यारिकेचर तथा स्थानीय विद्यालयका छात्रछात्राको लोकनृत्यबाट पनि दर्शकहरूले मनोरञ्जन प्राप्त गरिरहेका छन् ।