बालबालिकाको प्रतिभा, बौद्धिक क्षमता तथा सुन्दरता उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको 'राइजिङ स्टार-२०७१' मा ४६ जना बालिबालिकाले प्रतिस्पर्धा गर्ने छन् । यसै साता सम्पन्न अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरू यतिबेला प्रशिक्षणमा व्यस्त छन् । माघ १० गते प्रज्ञाभवनमा सम्पन्न हुने निर्णायक प्रतियोगितामा विजयी एक जना प्रतिभालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्रिएटिभ वल्र्ड नेपालले जनाएको छ । निर्णायक प्रतियोगिताका क्रममा शैक्षिक पत्रकारिता पुरस्कारका साथै शैक्षिक तथा सांगीतिक क्षेत्रका एक-एक जना व्यक्तित्वलाई सम्मान समेत गरिनेछ ।