साप्ताहिक संवाददाता
१. माकुरा आकारको कुकुर
यु-ट्युबबाट प्रसारित सर्वाधिक हेरिएको भिडियोको सूचीको पहिलो स्थानमा राखेको छ— माकुरे कुकुरको भिडियो । यो भिडियो आकर्षक हुनुका साथै डरलाग्दो एवं व्यंग्यात्मकसमेत छ । हस्यौलीमिश्रति यो भिडियो अहिलेसम्म करिब १२ करोड पटक हेरिइसकेको छ । यो भिडियोमा ४२ हजारभन्दा बढी प्रतिक्रिया तथा करिब साढे ६ लाख लाइक आएको छ ।
२. नाइकको विज्ञापन
दोस्रो स्थानमा छ— नाइक कम्पनीको फुटबलसम्बन्धी विज्ञापन । उक्त विज्ञापनमा विश्वका लोकप्रिय खेलाडीहरू नेयमार, रोनाल्डो, रोनी इब्राहिमोविक, लुइज, सिल्भा, पिर्लाे आदिलाई देखाइएको छ । २५ अप्रिलमा अपलोड गरिएको यो भिडियोमा ३२ हजारभन्दा बढी प्रतिक्रिया आएको छ भने १० करोडभन्दा बढी पटक हेरिएको छ । यो भिडियो साढे २ लाखभन्दा बढी सेयर भएको छ ।
३. किसिङ भिडियो
तेस्रो स्थानमा छ— किसिङ भिडियो । भिडियो अपलोडसँगै विवादसमेत आएको यो भिडियोमा अपरिचित २० जोडीलाई पहिलो पटक चुम्बन गर्न लगाइएको छ । गत १० मार्चमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म ९ करोड ५० लाखभन्दा बढीले हेरेका छन् । ४ लाख ४३ हजारभन्दा बढी लाइक पाएको यो भिडियोमा करिब ५३ हजार प्रतिक्रिया आएको छ ।
४. क्रिस्टिना सुसियाको प्रस्तुति
इटालीको टेलिभिजन शोमा गायिका क्रिस्टिना सुसियाले दिएको प्रस्तुती चौथो स्थानमा परेको छ । १९ मार्चमा अपलोड गरिएको यो भिडियोमा २८ हजार ७ सय प्रतिक्रिया आएको छ भने यसलाई ६ करोड ६७ लाखभन्दा बढीले हेरेका छन् । २ लाख ६५ हजार लाइक पाएको यो भिडियोको प्रस्तुति दमदार देखिन्छ ।
५. आइफोन बंग्याइएको भिडियो
यसै वर्ष सार्वजनिक गरिएको आइफोन-६ बंग्याइएको भिडियो सर्वाधिक हेरिएको भिडियोको सूचीको पाँचौं स्थानमा छ । २३ सेप्टेम्बरमा अपलोड गरिएको यो भिडियोमा ४८ हजार प्रतिक्रिया आएको छ । २ लाख १२ हजार लाइक प्राप्त यो भिडियो करिब ६ करोडले हेरेका छन् ।
६. बि्रटेन गट ट्यालेन्ट शो
यो वर्ष बेलायतको लोकप्रिय टिभी रियालिटी शो बि्रटेन गट ट्यालेन्ट शोमा दुई बालकले दिएको प्रस्तुतीको भिडियोको निकै चर्चा भयो । १० मे मा अपलोड गरिएको यो भिडियो ५ करोड ७५ लाखभन्दा बढीले हेरेका छन् । ४० हजार लाइक प्राप्त यो प्रस्तुति दमदार पनि छ ।
७. पप्पी लभ
बडवेइजरको पप्पी लभ शीर्षकको भिडियो सातौँ स्थानमा छ । ५ करोड ४० लाखले हेरेको यो भिडियोमा २ लाख २३ हजार बढी लाइक आएको छ । २९ जनवरीमा अपलोड गरिएको यो भिडियो आकर्षक तथा मनोरञ्जक छ ।
८. डेभिल बेवी
त्रासमिश्रति हास्यप्रधान भिडियो डेभिल बेवी आठौं स्थानमा छ । न्युयोर्कमा निर्मित उक्त भिडियोमा भूतजस्तो नक्कली बालकले सर्वसाधारणलाई तर्साएको देखाइएको छ । करिब ५ करोडले हेरेको यो भिडियोमा २ लाख २९ हजार लाइक तथा २६ हजार प्रतिक्रिया आएको छ ।
९. एपिक र्याप बेटल्स
एपिक र्याप बेटल्स नामक भिडियो पनि लोकप्रिय छ । ४ करोड १५ लाखभन्दा बढीले हेरेको यो भिडियोमा ४ लाखभन्दा बढी लाइक तथा २ लाख १० हजार प्रतिक्रिया आएको छ ।
१०. एकोहोरा मौन हिंडाइ
गत वर्ष न्युयोर्कमा एक महिला १० घण्टासम्म चुपचाप एकोहोरो हिँडेको भिडियोले पनि तहल्का मच्चायो । यो भिडियोमा एक महिला निरन्तर हिँडिरहेको र अन्य बटुवाले विभिन्न किसिमले उनलाई जिस्क्याएको देखिन्छ । २८ अक्टुबरमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म करिब ४ करोडले हेरेका छन् ।