संगीतकर्मी रमण सुवेदीले आफ्नो संस्था हेल्प फर ह्युमन-रमण फाउन्डेसनका तर्फबाट अनाथ बालबालिकाहरूलाई जाडोका कपडा वितरण गरेका छन् । सुवेदीले कुपन्डोलस्थित होराक नेपालमा रहेका अनाथ बालबालिकालाई ३२ थान कपडा वितरण गरेका थिए । उक्त अवसरमा बालबालिकाहरूले गायक तथा संगीतकार रूपक डोटेल, सपन श्रेष्ठ, नवराज बस्नेत, भिजे विवेक खतिवडा, संगीत व्यववसायी ईश्वर गुरुङ तथा म्युजिक भिडियोका मोडल पल शाहको हातबाट कपडा ग्रहण गरेका थिए । होराक नेपालमा १९ जिल्लाका ३२ जना बालबालिका आश्रति छन् ।