सुनुवार युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता प्रारम्भ भएको छ । सुनुवार युवतीहरूको प्रतिभा प्रस्फुटन गर्दै उनीहरूमा नेतृत्व तथा सिप विकास गर्ने एवंआत्मविश्वास वृद्धि गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता हुन लागेको हो । प्रवेशिका उत्तीर्ण, न्यूनतम उचाइ ५ फिट तथा २७ वर्षभन्दा कम उमेरकाहरूलाई मिस सुनुवारमा सहभागी गराइएको बताइन्छ । यही मेसोमा ५ देखि १५ वर्ष उमेर समूहका बीच 'लिटिल मिस सुनुवार' प्रतियोगिता पनि हुने भएको छ, जसमा विद्यालय तहमा अध्ययनरत छात्राहरूलाईसमावेश गरिने आयोजक डि्रम फ्याक्ट्री इन्टरटेनमेन्टकी दशमी सुनुवारले बताइन् । प्रतियोगिताको फाइनल माघ दोस्रो साता हुनेछ ।