साप्ताहिक संवाददाता
पुस २५, २०७१
सारताप उच्च माविकाका लागि सहयोग संकलनमा जुटेका समाजसेवी एकराज नेम्वाङको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा मिस नेपाल लिम्बूले विद्यालयजस्तो पवित्र स्थलका लागि सहयोग संकलन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा मिस युके निया देवानको पनि उपस्थिति थियो । कार्यक्रममा मिलन लामा, दौलत राई आदि कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमबाट विद्यालयका लागि करिब २ लाख रुपैयाँ संकलन भएको संयोजक एकराज नेम्वाङले जानकारी दिएका छन् ।