साप्ताहिक संवाददाता
पुस २५, २०७१
विराटनगर
'आवाज तपाईंको, गौरव राष्ट्रको र देन निजी स्कुलको' भन्ने नाराका साथ प्रारम्भ भएको यो प्रतियोगितामा विराटनगरकी सृजना कार्की, नेहरिका बराल, अंकिता उदास, दिव्या गिरी प्रतिस्पर्धीका रूपमा सहभागी छन् । त्यस्तै डाँगिहाटकी रितेस तिम्सिना, पथरी - शनिश्चरेका पंकज सापकोटा र सुधाश्रेया दवाडी, बयरवन रमाइलोको रिवता भण्डारी, सिजुवाका रोसन रिजा, उर्लाबारीकी श्वेता गुरुङ फाइनलका लागि छनौट भएका छन् । प्रतियोगिताको अडिसनमा मोरङका निजी तथा सामुदायिक गरी १ सय २ वटा विद्यालयबाट २ सय ५० जनाको सहभागिता थियो ।