३ दशक लामो रेडियो नेपालको जागिरे जीवनबाट केही महिनाअघि अवकाश पाएका गायक सीताराम ताजपुरीया दमकका वृद्धवृद्धासामु प्रस्तुत भएका छन् । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले गत शनिबार दमकमा आयोजित गरेको सम्मान कार्यक्रममा सीतारामले जब गाउन सुरु गरे, उपस्थित वृद्धवृद्धाहरू पनि नाच्न थाले । नयाँ तथा पुराना आधा दर्जन गीत सुनाउन ताजपुरीया गायिका श्रीमती लक्ष्मीसहित कार्यक्रम स्थल पुगेका थिए । उनलाई सम्मान गर्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पुराना संगीतकर्मीहरूबाट नयाा पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेको बताए । ताजपुरीयाको सम्मानपछि सभासद दीपक कार्कीले लामो समयसम्म समाजमा योगदान पुर्याएका जेष्ठ नागरिक तथा गीत-संगीतमा योगदान पुर्याएकाहरूको सम्मानका लागि कानुनी रूपमै व्यवस्था हुनुपर्ने बताए ।