साप्ताहिक संवाददाता
पुस २५, २०७१
ज्योतिको प्रस्तुतिमा माइली साइरस तथा लेडी गागाको झझल्को मिल्थ्यो । 'जापानको कार्यक्रम अत्यधिक सफल भयो,' ज्योतिले साप्ताहिकसँग भनिन्- 'जापानका तन्नेरीहरूले जोसका साथमा राम्रै साथ दिनुभयो ।' कार्यक्रमकै क्रममा ज्योतिलाई युवाहरूले आई लभ यू लेखेर दिएका थिए । उक्त कार्यक्रममा गायक सुगम पोखरेलले आफ्ना करिब एक दर्जन लोकप्रिय गीत गाएर सबैको मन जितेका थिए ।