गत साता हङकङमा छुट्टै पार्टी आयोजित गरिएको थियो । रात छिप्पिँदै जाँदा हङकङ सेन्ट्रलस्थित क्लब १८ मा आमन्त्रितहरूको भीड बढेको थियो । उक्त अवसरमा हङकङेली नेपालीहरूका लागि नेपालबाट आमन्त्रित नायिका तथा मोडल माला लिम्बूले विशेष कोसेलीहरू प्रस्तुत गरेकी थिइन् । लिम्बूको प्रस्तुतिमा रमाइलो गर्नेहरू कम थिएनन् । ब्लाकपिग प्रोडक्सन, हङकङको आयोजनामा सम्पन्न मज्जाको डान्स पार्टी भव्य देखिन्थ्यो । उक्त पार्टीलाई मज्जाको राई, निक गुरुङ एवं हरि हाङ लिम्बूले संयोजन गरेका थिए । ब्लाकपिग प्रोडक्सन हङकङमा बसोबास गर्ने नेपालीहरूको भिडियो इन्टरटेन्मेन्ट कम्पनी हो, जस्ाले थुप्रै म्युजिक भिडियो निर्माण गरिसकेको छ । उक्त कार्यक्रममा नागबेली चलचित्रका निर्देशक तथा कोरियोग्राफर गोविन्द राई पनि नाचेका थिए ।