पुस २५, २०७१
नेपालगन्ज
होटल सिद्धार्थमा बुधबार बेलुका आयोजित न्यू इयर इभमा गायक ढकालले आफ्ना आधा दर्जनभन्दा बढी गीत सुनाए । बीच-बीचमा स्थानीय कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएको कार्यक्रममा गायिका शीतल मोक्तानको प्रस्तुतिले पनि दर्शकहरूलाई लोभ्यायो । उनले टिनएजका युवायुवतीहरूप्रति केन्दि्रत गीत गाएकी थिइन । नवोदित गायिका रेश्मा पुनलगायत अन्य स्थानीय कलाकारको प्रस्तुतिका कारण शीतलहरले चिसिएको नेपालगन्जको वातावरण तातेको थियो ।