स्यालामान्डर अर्थात् हिमालयन न्युट दुर्लभ जीव हो । इलाम र पाँचथरका केही ठाउँमा मात्र पाइने स्यालामान्डरलाई स्थानीय बासिन्दाहरू 'पानी गोहोरो' भन्छन् । सदियौंदेखि कुनै जैविक परिवर्तनबिना जस्ताको तस्तै अस्तित्वमा रहेको मानिने यो जीव छेपारोजस्तै देखिन्छ । यद्यपि यो एकदमै सुस्त गतिमा हिड्छ । यसको अगाडिको खुट्टामा चार तथा पछाडिको खुट्टामा पाँचवटा आंैला हुन्छन् । जीव यो कालो तथा खैरो रंगको हुन्छ । स्यालामान्डर धेरैजसो जमिन र थोरै समय पानीमा बस्छ । नेपालमा खासै संरक्षण नगरिएको यो जीवलाई दार्जीलिङको सुकिया पोखरीस्थित जोर पोखरीमा विशेष संरक्षण दिएर राखिएको छ ।