गायक तिलकबम मल्ल, गायिका पूजा गुरुङ तथा डिजे तेन्जिङले जापानमा बसोबास गर्ने नेपालीहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका छन् । 'न्यू इयर म्युजिकल नाइट' शीर्षकको उक्त कार्यक्रममा गायक मल्लले आफ्ना लोक-पप गीतमार्फत नेपाली दर्शकको मन जितेका थिए । कार्यक्रममा गायिका पूजा गुरुङले आफ्ना पप गीतमार्फत दर्शकको मन जितेकी थिइन् । डिजे तेन्जिङले अत्याधुनिक गीत-संगीतमार्फत दर्शकहरूलाई नचाएका थिए । सांस्कृतिक कार्यक्रमपछि तीनै जना कलाकार स्वदेश फर्किसकेका छन् ।