साप्ताहिक संवाददाता
५५७०
महिलालाई सन्तुष्ट बनाउन
लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौनसुख प्रदान गर्न सक्छु कि सक्दिनँ भन्ने विषयमा हुन्छ । गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने-दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपयको सोचाइविपरीत लामो लिङ्गबाट यौनसुख बढी दिन सकिने वा लिन सकिने भन्नेचाहिँ होइन ।
यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने बुझ्नु आवश्यक छ । सानो होस् वा लामो, लिङ्गको घर्षणबाट यौनसुख पाइन्छ । तपाईंले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौनसुख लिन सकिने कुरामा ढुक्क हुनुभए हुन्छ । जहाँसम्म आफ्नी श्रीमती वा महिला यौनसाथीलाई यौनसुख प्रदान गर्ने क्षमताको कुरा छ, त्यसका लागि महिलाहरूले कसरी यौनसम्पर्कबाट आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्राय: सबैजसो महिलाको यौनसुखको केन्द्र भगांकुर हो । यही भगांकुरकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिरै हुन्छ ।
हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनमा यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिने कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौनक्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्यकै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कुनै कारण छैन । सम्पूर्ण योनिको लम्बाइ हेर्ने हो भने यसको भित्री भाग नभै बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणत: छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ । तपाईंको ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ इन्चजतिको यौन संवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ ।
योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रको ठूलो तथा सानो भगोष्ठ तथा अग्रभागमा रहेको monsveneris (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू यौन संवेदनशील हुन्छन् । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति-व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन संवेदनशील अंग मान्न सकिन्छ । पुरुषहरूको तुलनामा महिलाको यौनसुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्दि्रत हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गहरूको अधिकतम प्रयोग उपयुक्त हुन्छ ।
के गर्नुपर्ला ?
समाधानका लागि समस्याको पहिचान राम्रोसँग गरिएको हुनुपर्छ । तपाईंकी श्रीमतीले यौनसुख प्राप्त गर्न नसक्नुको मूल कारणसम्म पुग्नु आवश्यक छ । त्यसका लागि केही कुरा जान्नु अपरिहार्य हुन्छ ।
पहिलो कुरा त उहाँको यौन क्रियाकलापमा रुचिका सम्बन्धमा जानकारी प्राप्त गर्नु आवश्यक छ । उहाँ आफैंले वा तपाइर्ंको सहयोगमा यौन आनन्द प्राप्त गर्नुभएको स्थिति थियो-थिएन वा छ-छैन ।
यौन आनन्द प्राप्त नगर्ने वा गर्न नसक्ने दुवै नै स्थिति हुन सक्छ । त्यसका विशेष शारीरिक वा मानसिक कारण हुन सक्छन् । तपाईंले आफ्नी श्रीमतीले पहिले तपाईंबाट वा आफैंले हस्तमैथुन गर्दा यौन आनन्द पाएको स्थिति थियो कि थिएन ? पुरुषको जस्तो महिलाको यौनसुख प्राप्ति यौनाङ्गमा केन्दि्रत नहुने स्थितिमा किन लिङ्ग बढाउन आग्रह गर्नुभयो, उक्त कुराको तहसम्म पुग्नुपर्छ । उहाँको मानसिकतामा कसरी त्यस्तो कुरा आयो भन्ने तथ्य जान्नु आवश्यक छ । तपाईंले अरू पुरुषसँग तुलना गर्नुभएजस्तै उहाँले कसरी तपाईंको लिङ्ग सानो भएको थाहा पाउनुभयो ? उहाँलाई यौन सन्तुष्टिका लागि लामो लिङ्ग चाहिन्छ भन्ने किन लाग्यो ? जस्ता प्रश्नको जवाफ प्राप्त गर्नु आवश्यक हुन्छ ।
शारीरिक रूपमा यौन सम्पर्क राख्दा पीडा हुने स्थिति वा अन्य कुनै रोग छ-छैन भन्ने कुराले पनि त्यतिकै महत्त्व राख्छ । तपाईंले यौन विशेषज्ञलाई देखाउनुभएको र केही समस्या नभएको कुरा त गर्नुभयो तर उहाँले तपाइर्ंहरूबीचको यौनजीवनमा भएको समस्यालाई कसरी वा के भनेर परिभाषित गर्नुभयो भन्ने कुराको पनि धेरै अर्थ लाग्छ, अनि तपाइर्ंसँग उहाँको सम्बन्ध कत्तिको आत्मीय वा तनावपूर्ण छ भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण छ ।
यहाँ चर्चा गरिएका प्रश्नहरूको सन्दर्भमा तपाईं उहँाको श्रीमान् हुनुभएकाले त्यसका बारेमा तपाईंलाई नै पर्याप्त जानकारी हुनसक्छ ।
वैवाहिक जीवन बचाउने कुरा
वैवाहिक जीवन सुमधुर रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । यसलाई जोगाउन अन्य व्यक्ति जस्तै मनोविद्, मनोविमर्शकर्ता वा चिकित्सक वा हितैषीले सहयोग मात्र गर्न सक्छन् तर वास्तवमा त्यसलाई बचाउने दायित्व र सामथ्र्य तपाईंहरू दुवैमा हुन्छ । दुवैले आफ्नो व्यक्तिगत रुचि र स्वार्थभन्दा माथि रहेर हेरचाह गरे यो सम्बन्ध अझ सुमधुर बन्दै जान्छ ।