साप्ताहिक संवाददाता
- ज्ञानु कटुवाल
धन्यवाद आयुसा राई । तपाईंजस्तै सबै हिम्मतिला भैदिए हरेक क्षेत्रमा महिलाहरू सुरक्षित हुन्छन् ।
- नरेश
आयुशाजी, तपाईंले ठीक गर्नुभयो । तपाईंले अरू महिलाहरूको साहस बढाइदिनुभयो ।
- ९६०१
विभिन्न कलाकारसँगको कुराकानीमा आधारित स्तम्भ लभ मन्त्र उत्कृष्ट छ ।
- साजन ठकुरी, काभ्रे
यसपालि त लिखितमा नाम निकालेरै छाड्छु । (लोकसेवा आयोग परीक्षा विशेष, माघ २) सरकारी सेवा मेरो रहर पनि हो ।
- रेशम थापा क्षेत्री
मलाई यो अनुभूति राम्रो लाग्यो । (उनी २अश्विनी कोइराला, १२ वर्षपछि, माघ २) यस्तै सामग्री फेरि पनि पढ्न पाइयोस् ।
- सानिमा लामा, नगरकोट
कुरा सुन्दा साँचो हो जस्तो लाग्छ । (लभमन्त्र, एकअर्कालाई स्पेश दिनुपर्छ, माघ २)
- कपिल जोशी
पुल्चोक इन्जिनियरिङ कलेजबाट हरेक वर्ष २० जना पास आउट हुन्छन् । (जीवनशैली, ट्राफिक इन्जिनियरिङमा समर्पित, माघ २) ४० जना होइन ।
- हेमन्त तिवारी, सुर्खेत
यस्तो कर्ममा लाग्नेलाई जेलसजाय दिनु स्वभाविक हो । (साढे ३४ वर्ष कैद, माघ २) बल्ल चेत खुल्यो होला ।
- शिवराज तिवारी
संसारका हरेक देशमा यस्तै हुँदो रहेछ । (पुरुष मोडलको चर्चा नै कम, माघ २) महिलाको तुलनामा पुरुष मोडलको चर्चा कमै हुन्छ ।
- सुस्मिता धिताल
बधाई छ खेमजी । (खेम शर्माको चतुरे, माघ २) चलचित्रलाई आमदर्शकले रुचाउन्— अगि्रम शुभकामना ।
- दीपक बिंडारी
साप्ताहिकलाई थप ज्ञानवर्द्धक बनाउने हो कि ? तस्बिर अलि बढी नै प्रकाशित हुन थाले ।
- तिलक श्रेष्ठ, आशिक दुर्लभ