लेखक मित्रसेन दाहालको यो पुस्तकमा मानिसको जीवन र जगत, रोग र स्वास्थ्य, विगत र वर्तमानमात्र होइन, देशको राजनीति र विकाससहित जीवनका भोगाइका अनेक पाटालाई समेटिएकाले मलाई प्रेरणादायक लाग्यो ।
चलचित्र : कन्यादान
अभिनय क्षेत्रमा आउनुभन्दा धेरै अघि हेरेको यो चलचित्रमा मार्मिक कथाका साथै कलाकारहरूको उत्कृष्ट अभिनय छ । गीत-संगीतका साथै यो चलचित्रले दिने सन्देश पनि मननयोग्य छ ।
अभिनेता : भुवन केसी
नेपाली चलचित्रका सदावहार यी अभिनेता अभिनयका खानी नै हुन् । चरित्रअनुसार भाव व्यक्त गर्ने कुरामा उनलाई कसैले जित्न सक्दैन । उनको जस्तो स्टाइलिस लुक्स अरू कुनै पनि नेपाली अभिनेतामा छैन ।
अभिनेत्री : मिथिला शर्मा र गौरी मल्ल
अभिनेत्री मिथिला शर्माको व्यक्तित्व नै आकर्षक छ । गौरी मल्ललाई मैले अभिनय र सुन्दरताको पर्यायका रूपमा बुझेकी छु ।
गायक : निमा रुम्बा
म युवाहरूका ढुकढुकी बन्न सफल यी गायकको स्टेज प्रस्तुतिबाट प्रभावित छु । उनका गीत सुन्दा समय बितेको पत्तै पाउँदिन ।
गायिका : रीमा गुरुङ होडा
आधुनिक, पप होस् अथवा लोक, हरेक विधाका गीतमा उत्तिकै सुरिलो स्वर दिन सक्ने नेपालकी एक मात्र गायिका ।
मौसम : गर्मी
म जाडो सहनै सक्दिनँ । जति लुगा लगाए पनि जाडो भैरहेजस्तो लाग्छ । त्यसैले मलाई गर्मी मौसम नै मनपर्छ ।
पहिरन : क्याजुअल
हरेक मौसम र अवसरलाई सुहाउने भएकाले म प्राय: क्याजुअल नै लगाउन मन पराउँछु ।
चाडपर्व : दसैं र तिहार
लामो बिदा हुने भएकाले दसैं मनपर्छ । चारैतिर झिलिमिली, रमाइलो वातावरणका साथै लक्ष्मीपूजा, म्हपूजा, भाइटीकाजस्ता विशेष अवसरका कारण तिहार पनि उत्तिकै रमाइलो हुन्छ ।
स्थान : पोखरा र जोमसोम
चलचित्रको छायांकनका क्रममा देशका विभिन्न भागसम्म पुगेपनि मलाई पोखरा र जोमसोमको आकर्षणले पछ्याइरहन्छ । फुर्सद हुनेबित्तिकै म पोखरा पुग्न मन पराउँछु । मौसमले साथ दियो भने जोमसोम पनि पुग्छु ।
मन्दिर : पशुपतिनाथ
आराध्यदेव पशुपतिनाथको मन्दिर परिसर पुग्दा मनै आनन्दित हुन्छ । चाडपर्वको अवसर पारेर परिवारका सदस्यहरूसँग म प्राय: पशुपतिनाथ पुगिरहेकी हुन्छु ।
सौन्दर्य सामग्री : गाजल
हुन त हामी महिलालाई सौन्दर्यका हरेक सामग्री उत्तिकै प्यारो लाग्छ । कुनै एउटा रोज्नुपर्दा म गाजल नै रोज्छु । मसँग सधैं भैरहने दुई सामग्री भनेकै मोबाइल र गाजल हुन् ।