पुल्चोकस्थित पार्क ग्यालरीमा कलाकार ध्वज गुरुङको एकल चित्रकला प्रदर्शन भैरहेको छ । 'जर्नी फोर आर्ट' शीर्षकको उक्त प्रदर्शनीमा कलाकार गुरुङले नेपालका विभिन्न स्थानका ल्यान्डस्केप तथा चाडपर्वलाई क्यानभासमा उतारेका छन् । २८ वर्षीय कलाकार गुरुङले आफ्नो पहिलो चित्रकला प्रदर्शनी अमेरिकामा गरेका थिए । यो उनको दोस्रो एकल प्रदर्शनी हो । आगामी अप्रिल १२ तारिखसम्म चल्ने प्रदर्शनीमा प्रदर्शित चित्रहरूको मूल्य २२ हजारदेखि ३५ हजार रुपैयाँसम्म छ ।