साप्ताहिक संवाददाता
भरखरै नयाँ एल्बम 'हरपल' सार्वजनिक गरेकी छु । उक्त एल्बमको प्रमोसनका साथै संगीत सिर्जना तथा सांगीतिक कार्यक्रमहरूमा व्यस्त भैरहेकी छु ।
आफूलाई गायिका भन्न रुचाउनु हुन्छ कि संगीतकार ?
म आफूलाई संगीतकर्मी भन्न रुचाउँछु । संगीतकारका रूपमा अलि बढी नै सक्रिय छु । गायनलाई पनि निरन्तरता दिइरहेकी छु ।
ँहरपल’ मा कस्ता गीत समावेश छन् ?
आधुनिक शैलीका गीतहरूको यो एल्बमका सबै गीत मैले आफैं संगीतबद्ध गरेकी छु । शब्द पनि आफैंले तयारी पारेकी हुँ । तीनवटा गीतमा स्वर पनि दिएकी छु ।
कुन-कुन गीतबाट आशावादी हुनुहुन्छ ?
गायक राजेशपायल राईसँगको युगल गीत 'यो मनमा' लोकप्रिय भैसकेको छ । स्वरुपराज आचार्यको स्वरको 'आँखैमा आउँछौं' तथा मेरै स्वरको 'सुनसान रातको...' गीत पनि स्राेताहरूको रोजाइमा परेको छ ।
संगीत सिर्जना गर्न थाल्नु भएको कति भयो ?
स्कुले जीवनदेखि नै गीतका धुन निकाल्न सिपालु थिएँ । गुरुदेव कामतसँग विधिवत् प्रशिक्षण लिएपछि व्यावसायिक संगीतकारका रूपमा काम गर्न थालेकी हुँ । आधुनिक गायनमा महिला संगीतकारको अभाव पूरा गर्न अग्रसर भैरहेकी छु ।
तपाईंको संगीतमा कति जना गायक-गायिकाले गीत गाइसकेका छन् ?
मेरो संगीतमा करिब दुई दर्जन आधुनिक गीत रेकर्ड भैसकेका छन् । यतिबेला पनि म निर्मल राई तथा सन्तोष शर्माका शब्दका दुई भिन्न एल्बमका गीतहरू संगीतबद्ध गरिरहेकी छु ।
महिला संगीतकारलाई गायक-गायिकाहरूले कत्तिको पत्याउँछन् ?
सुरु-सुरुमा त विश्वास गर्दैनन् तर आफ्ना कम्पोजका गीत सुनाएपछि बल्ल पत्याउँछन् । अवसर पाएको खण्डमा महिला संगीतकारले पनि उत्कृष्ट सिर्जना दिन सक्छन् भन्ने कुरा प्रमाणित गर्न तत्पर भएर लागेकी छु ।